

नेपाल बहुमुखी भूतपूर्व सैनिक कल्याणकारी कोष समितिको २३औं वार्षिक साधारण सभा तथा १२औं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले चुमानसिंह घर्तीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
साधारण सभाको अवसरमा संस्थाका अध्यक्ष झगबहादुर पुनले आफ्नो कार्यकालमा संस्थाले हासिल गरेका विभिन्न प्रगति तथा उपलब्धिहरूको विवरण सार्वजनिक गर्नुभयो। उहाँले संस्थाको सुदृढीकरण, भूतपूर्व सैनिकहरूको हित संरक्षण, सामाजिक सुरक्षा तथा कल्याणका क्षेत्रमा गरिएको उल्लेखनीय कार्यहरूको जानकारी गराउनुभयो।
कार्यक्रमका क्रममा संस्थाको विकास तथा भूतपूर्व सैनिकहरूको सेवामा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो। अध्यक्ष पुनले आफ्नो कार्यकालमा सहयोग, समर्थन र सहकार्य गर्ने सम्पूर्ण सदस्य, सहयोगी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नुभयो।
नव–निर्वाचित कार्यसमितिले संस्थाको उद्देश्यअनुसार भूतपूर्व सैनिकहरूको हकहित संरक्षण, सामाजिक सुरक्षा प्रवर्द्धन तथा संस्थागत विकासलाई थप सशक्त बनाउँदै अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा भूतपूर्व सैनिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।


प्रतिक्रिया