Developed By Kuldeep Sharma

भोट माग्दै घरदैलो अभियानमा एमाले उम्मेदवार कनोडिया

कपिलवस्तु -नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न निर्वाचनलाई लक्षित गर्दै कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ मा घरदैलो अभियानलाई तीव्रता दिएको छ। क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बिरेन्द्र कुमार कनौडियासहित नेता–कार्यकर्ता टोलटोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन्।

घरदैलोका क्रममा उम्मेदवार कनौडियाले आगामी पाँच वर्षभित्र अधुरा योजनाहरूलाई प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, नाली निर्माण र खानेपानी व्यवस्थापनलाई तीव्र गतिमा अघि बढाइने प्रतिबद्धता जनाउनुभयो।

बलुबाबा हचुवामा पुगेका कनौडियालाई स्थानीय बासिन्दाले अधुरा सडक छिटो सम्पन्न गर्न तथा नाली निर्माणका लागि प्रदेश र केन्द्र सरकारसँग प्रभावकारी पहल गरिदिन आग्रह गरेका छन्। त्यसैगरी भितरिया, मदवा, देउराली टोल र खरेन्द्रपुर लगायतका क्षेत्रमा पनि घरदैलो कार्यक्रम सम्पन्न गरिएको थियो।

स्थानीयका समस्या सुन्दै कनौडियाले ग्रामीण भेगको समग्र विकासबिना देश समुन्नत हुन नसक्ने उल्लेख गर्दै विकासको निरन्तरता, पारदर्शिता र दिगोपनाका लागि आफू प्रतिबद्ध रहेको दोहोर्याउनुभयो।

घरदैलो अभियानमा स्थानीय स्तरमा नेता–कार्यकर्ताको बाक्लो सहभागिता रहेको थियो भने मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको एमालेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma