धेरैजसो किशोरकिशोरी मूलधारका सञ्चारमाध्यमबाट टाढा भइरहेका छन् । उनीहरुले सोसल मिडियालाई नै समाचारको स्रोतको रुपमा प्रयोग गरिरहेको अफकमको नयाँ अनुसन्धानले देखाएको छ ।
टिकटकमा समाचार सामग्री हेर्नेहरुको संख्या सन् २०२० मा ८ लाखबाट बढेर २९ लाख पुगेको अध्ययनले देखाएको छ ।
इन्स्टाग्राम पनि युवामाझ लोकप्रिय अर्को सामाजिक सञ्जाल हो । यो पनि युवापुस्ताका लागि समाचारको मुख्य स्रोत बनेको छ । सन् २०२० मा २९ प्रतिशत किशोरकिशोरीले समाचार स्रोतको रूपमा इन्स्टाग्राम र टिकटक प्रयोग गरेको अध्ययनले देखाएको छ ।
अध्ययनमा सहभागी टिकटक प्रयोगकर्ताहरूले उनीहरूले २४ प्रतिशत समाचार सम्बन्धित सञ्चार संस्थाको आधिकारिक साइटबाट भन्दा उनीहरूले फलो गर्ने अन्य व्यक्तिका माध्यमबाट थाहा पाउने बताएका थिए ।
भारतमा इन्स्टाग्रामका ४५ प्रतिशत प्रयोगकर्ताले समाचार पढ्नका लागि सबैभन्दा धेरै फलो गरेको आउटलेट बीबीसी थियो । स्काई न्युज २२ प्रतिशत, लड बाइबल र बज फिड १४÷१४ प्रतिशतले फलो गरेको पाइयो । समाचार उपभोग गर्ने इन्स्टाग्राम प्रयोगकर्तामध्ये लगभग ६० प्रतिशतले सार्वजनिक व्यक्तिलाई फलो गरेको बताएका छन्, जबकि ४४ प्रतिशतले भने उनीहरूले कम्तीमा एक विशिष्ट पत्रकारलाई फलो गरेको बीबीसीमा उल्लेख छ ।
धेरै वर्षदेखि छापिएका पत्रपत्रिकाको बिक्रीमा ह्रास भएको प्रष्ट देखिए पनि पछिल्ला दुई वर्षमा यसमा आएको गिरावट अचम्मको छ । सन् २०२० मा ३५ प्रतिशत (५५ वर्ष भन्दा माथि)का प्रौढले अझै पनि पत्रिका पढ्दै थिए । तर त्यो अहिले २४ प्रतिशतमा झरेको छ । कोरोना महामारीको समयमा पत्रपत्रिका आउन छाडेका कारण पत्रिका पढ्नेहरूको संख्यामा कमी आएको मानिन्छ ।
टिकटक र इन्स्टाग्राम समाचारका लागि लोकप्रिय प्लेटफर्म हुँदै गए पनि अर्को महत्वपूर्ण कुरा के हो भने किशोरकिशोरीहरूका लागि समाचारको सबैभन्दा ठूलो स्रोत उनीहरुको परिवार पनि हो । यसको हिस्सा ६५ प्रतिशत रहेको अध्ययन बताउँछ ।
नेपालको सन्दर्भमा हेर्ने हो भने समाचारको लागि सोसल मिडिया प्लेटफर्ममा पनि टिकटकको प्रयोग बढी भएको देखिने सेनिहाङ बताउँछन् । ‘पछिल्लो समय मानिसहरू समाचार पढ्न लामो समय छुटाउन चाहँदैनन् । यस्तोमा छोटो समयमा जानकारी प्राप्त गर्ने माध्यम सोसल मिडिया बनेको छ,’ उनी भन्छन् ।
अहिले लामो समाचार पढ्ने, हेर्ने बानी परिवर्तन हुँदै गइरहेको छ । हेडलाइन र लिड मात्रै पढ्ने बानी पनि धेरैको छ । त्यसैले पनि ‘रुटिन अफ नेपाल बन्द’ जस्ता फेसबुक पेज समेतलाई किशोरकिशोरीहरुले समाचारको स्रोतको रुपमा लिन थालेको सेनिहाङको तर्क छ ।
बीबीसीको सहयोगमा


प्रतिक्रिया