


नेकपा एकिकृत समाजवादीका नेता एवंम कपिलवस्तु निर्वाचन क्षेत्र न ३ क का उम्मेदावर जिवलाल पौडेलले जनताको भावना वमोजीम काम गर्ने वताउनुभएको छ । मतदाता भेटघाट तथा चुनावी अभियानमा व्यस्त रहेका पौडेलले मतदातावाट सकारात्मक प्रतिक्रिया पाएको दावी गर्नुभएको छ । झण्डै दुई दशक देखि निरन्तर जनताको शेवामा समर्पीत छु । अहिले सम्म जनताको शेवा गर्ने ठांउमा पुगेको छैन , अवसर पाए जनताप्रति उतरदायि भएर काम गर्छु नेता पौडेलले भन्नुभयो । मतदाताले आफुलाई एकदमै सरल र ईमान्दर उम्मेदावरको रुपमा लिएको पनि दावी गर्नुभयो । उहांले निर्वाचन क्षेत्र न ३ को क मा विभिन्न गांउमा पुगेर चुनावी अभियानहरु संचालन गर्दा आफुलाई मतदान गर्न जनता उत्साहित भएको पाएको वताउनुभएको छ । नेता पौडेल अहिले चुनावी अभियानको लागी प्रचार प्रसारमा व्यस्त भएको र राम्रो प्रतिक्रिया पाएको नेकपा एकिकृत समाजवादी शिवराजले जनाएको छ ।


प्रतिक्रिया