

कपिलवस्तु जिल्लामा शिवराज नगरपालिका वडा नं ३ निवासी भेसराज भुसाल , यम लाल भुसाल, खगेश्वर भुसाल ले आफ्नो बुबा आमाको वार्षिक तिथि मा असाय गरीब परिवारलाई न्यानो कपडा वितरण गरेका छन् ।
निलकण्ठ उमा प्रतिष्ठान द्वारा आज खरेन्द्रपुर एक कार्यक्रम गरी वितरण गरिएको हो, शिवराज ३ मदवा निवासी गरीब एकल महिला खिनौरी विक, शिवराज ३ खरेन्द्रपूर की गरीब एकल महिला देउमाया पुन, खरेन्द्रपुर की गरीब एकल महिला टिक सरा गौतम, अ पाङ एकल पुरुष वंश राज यादव , भितरियका टिका बहादुर भण्डारी, भीम बहादुर भण्डारी, गरीब , असाय छविलाल अधिकरी सुनबर्सी, चिन्तामनी पौडेल देउराली टोल लाई स्वीटर , सल, जाकेट वितरण गरिएको छ, वितरण कार्य क्रम मा भुसाल परिवार को नातेदारहरू को उपस्थित थियो ।
कार्य क्रम मा नेपाली कांग्रेस का जिल्ला प्रवक्ता तथा चन्द्रौटा उद्योग वाणिज्य संघ का अध्यक्ष इश्वरी प्रसाद पाण्डे, ने क पा एमाले का जिल्ला सदस्य बलराम मरासिनी, ने क पा माओवादी केन्द्र शिव राज नगर समिति अध्यक्ष दिनेश पुन, राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहाकार तथा अन्टुक केन्द्रिय सदस्य केर सिंह अदै ले भुसाल परिवार लाई समाज मा नयाँ काम को थालनी गरेकोमा बधाई दिँदै वर्तमान हिन्दू संस्कार, भड्किलो हुँदै गएको ले सजिलो कम खर्च हुने खालको अपनाउँदै जानु पर्ने बताए । कार्य क्रममा समयथान मा वि का प्रधानध्यापक गिरी प्रसाद गैरे, समयथान बहुमुखी क्याम्पसका चिफ नामदेव खनालको पनि आतिथ्यता रहेको थियो ।


प्रतिक्रिया