Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

विजयनगरमा रकम अभाव, ३ करोड बढि भुक्तानी भएन

Bijaynagar office

दिपक के.सी.
असार २९
कपिलवस्तुको विजयनगर गाउँपालिमा आर्थिक बर्ष ०७९ /०८० का योजनाहरु ९८ प्रतिशत सम्पन्न भएका छन । सम्पन्न भएका विभिन्न योजनाहरुको रकम अभावका कारण पालिकाले चालु आ.ब.मा ३ करोड १७ लाख रकम भने भुक्तानी गर्न सकेन ।
गाउँपालिमा आउनुपर्ने समानिकरण अनुदान रकममा कटौती हुदाँ बजेट अभावका कारण आ.ब.०७९/०८० मा सम्पन्न भएका १० वटा योजनाहरुको भुक्तानी नभएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले जानकारी दिनुभयो । सामानिकरण अनुदानको ४० प्रतिशत रकम पुनप्राप्त भएकोले पालिकाको खाता संचालनमा आए पछि सावन महिनामा भुक्तानी गरिने प्रमुख प्रशासकिय अधिकृत रिजालले बताउनु भयो ।
गाउँपालिकाका लेखा शाखा प्रमुख हिमकान्त आचार्यका अनुसार भुक्तानी नभएका योजनाहरुमा नवप्रर्वतन कार्यक्रमका योजनाहरुको रु ५० लाख , जिन्सी आगलागी आवासको जस्तापाता (सापकोटा ट्रेडर्स) ९ लाख ८८ हजार ७ सय पचास, मिलनचोक अम्लहवा म्याचिङ्ग योजना (एम एस डेवलपर्स सिविल एण्ड लिनियर जेवी)को गाउँपालिका पुजिगत रु.६० लाख , मिलनचोक अम्लहवा म्याचिङ्ग योजना (कपिलवस्तु खान कन्ट्रक्शन प्रा.लि.)को ३६ लाख ११ हजार ७ सय १३ रुपैया, हरिबोध प्रावि (सुर्योदय निर्माण सेवा) गाउँपालिका पुजिगत रु. ३० लाख, जनज्योति आधारभूत विद्यालय (एनवि कन्ट्रक्शन) को शसर्त पुजीगत रु. २० लाख २८ हजार ३७ , वडा नं. २ भवन निर्माण (शिवगढी एनआइपी निर्माण सेवा) को गाउँपालिका पुजीगत रु ५० हजार, लुम्बिनी एकिकृत विकास संस्था (झोलुङ्गे पुल) १ लाख ७३ हजार पचार रुपैया, नौडिहवा गोबरहवा झोलुङ्गेपुल (पुल उपभोत्ता समिति) को शसर्त पुजिगत रु. १५ लाख ८८ हजार ९ सय २७ , प्रेमनगर गाउँमा अधुरो सडक कालोपत्रे (श्याम एण्ड सन्स निर्माण सेवा)को गाउँपालिका पुजीगत रु. २४ लाख , गणेशपुर ढोढरी खुरुहुरिया सडक स्तर उन्नती (देउराली ईन्जिनियरीङ्ग कम्पनी प्रा.लि)को ३ लाख ३८ हजार ६१ रुपैया, सडक बोर्ड नेपाल लगायतको साझेदारी योजनाको भुक्तानी रु. ६० लाख ७१ हजार ४ सय ६२ रुपैया गरी कुल ३ करोड १७ लाख रुपैया भुक्तानी दिन नसकिएको बताउनु भयो ।
चालु आ.ब.मा सम्पन्न भएका योजनाहरुको भुक्तानी गाउँपालिकाको दायित्व अन्तगर्त प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष गोपाल थापाले बताउनु भयो । प्रदेश र संघको शसर्तका योजनाहरुको रनिङ्ग बिलको आधारमा भुक्तानी गरिएको र पालिकाको दायित्व अन्तर्गत पर्ने रकम अभावका कारण यो आर्थिक बर्षमा भुक्तानी गर्न नसकिएको उहाँले बताउनु भयो । संघ र प्रदेशले पठाउने समानिकरण अनुदानमा अन्तिम किस्ताको ५० प्रतिशत रकम नउदाँ योजनाहरुको भुक्तानीमा समस्या भएको अध्यक्ष थापाले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma