Developed By Kuldeep Sharma

पशु बाझोपन निवारणको लागि घरदैलो

माधव बेल्वासे
कपिलवस्तु
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुले बाझोपनको समस्या रहेका पशुहरूको उपचारको लागि घरदैलो अभियान सुरु गरेको छ । शिवराज नगरपालिका र बुद्धभूमी नगरपालिकाका पशुहरूमा बाझोपनको समस्या देखिएकोले विज्ञ सहितको टोलीले चेकजाँच सुरु गरेको पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुका प्रमुख डा प्रवेज आलमले बताउनुभयो ।
कृषकहरू वर्षौँ देखि पशुपालन गरे पनि कतिपयमा गाईभैसीमा बाझोपनको समस्या देखिएकोले के कारणले बाझोपन भएका हुन र यसको उपचार कसरी गर्न सकिन्छ भनेर पशु प्रजनन विज्ञ डा लक्ष्मण घिमिरे सहितको टोली पशु फर्महरू पुगेको आलमले बताउनुभयो । उहाँका अनुसार पशुहरूमा पोषक तत्त्वको अभाव,आहारामा समस्या,भिटामिन तथा जुकाहरू लगायतका कारणले बाझोपन देखिएको बताउनुभयो । विगतका वर्षमा पनि यो अभियान गरेको आलमले बताउनुभयो ।


शिवराजका सबै वडामा पुगेर बाझोपन रहेका पशुहरूको निःशुल्क उपचार गरिएको शिवराज नगरपालिका पशु विकास शाखाका प्रमुख धनेश्वर खनालले बताउनुभयो । उहाँले उपचार गरेका पशुहरूको एक वर्ष सम्म शाखाले निगरानी गर्ने बताउनुभयो । पशु बाझोपनका कारण छाडा चौपायाको सङ्ख्या पनि बढेकोले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तु यो अभियान सञ्चालन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma