

पछिल्लो समय चोरिका घटना बढेपछि चन्द्रौटा उद्योग वाणिज्य संघ र व्यापार संघ कपिलवस्तुको सयुक्त टोली वडा प्रहरी कार्यालय चन्द्रौटालाई ज्ञापन पत्र बुझाएका छन् । जिल्लाको शिवराज नगरपालिका चन्द्रौटा बजारमा विगत केहि समय यता चोरीका घट्नाहरु बढ्दै गएको भन्दै प्रहरीले अनुसन्धानलाई परिणाममुखि बनाउन माग गरिएको छ ।
विभिन्न समयमा व्यवासायिका सटरभित्र प्रवेश गरी भइरहेको चोरीका घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले बताउनुभयो । चोरीका घटनाहरु बढदै जानुले प्रहरी प्रशासन माथि प्रश्न समेत खडा भएको अवस्थामा व्यवसाय असुरक्षित भएको महसुस गरिएको पोखरेले बताउनुभयो ।
चोरीका घटनामा संलग्न भएकाहरु सिसिटिभिमा प्रत्यक्ष देखिएपनि पक्राउ नहँुदा अन्य व्यावसायि पनि त्रासित भएका चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी प्रसाद पाण्डेले बताउनुभयो । चोरीका घटनाको छानविन गरी चोरीमा संलग्नलाई पक्राउ गरि कानून बमोजिम कारवाही गर्न उहाँले माग गर्नुभयो ।पछिल्लो समय महेन्द्र सुनचादी पसल,कणेश्वरी मन्दिर,बन्जाडे किराना पसल र शिव एण्ड सपना ट्रेडसमा भएका चोरीको छ । चोरी घटना बढेको विषययमा आफु गम्भीर रहेको र अनुसन्धान भइरहेको प्रहरी निरक्षक गिता प्रसाद चौधरीले बताउनुभयो । ज्ञापन पत्र बुझाउन व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल,चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी प्रसाद पाण्डे,उपाध्यक्ष दमन भाट,बिजय जयसवाल,व्यापार संघका उपाध्यक्ष दिपक पौडेल,उद्योग वाणिज्य संघका महासचिव राजकुमार क्षेत्री, सदस्यहरु अब्दुल रहमान,माधवराज घिमिरे,रामचन्द्र केसी,श्यामलाल बन्जाडे,मोहन केसी लगायतका व्यापारीहरु रहेका थिए ।



प्रतिक्रिया