

कृष्ण पौडेल, विजयनगर
बुटवलमा अवस्थित चौराहा अस्पताल न्युरो ट्रमा सेन्टरमको सेवा प्रवाहले नागरिकहरुलाई सन्तुष्ट बनाएको छ । गरिव तथा निम्न वर्गको सहाराको रुपमा मानिएको चौराहा अस्पतालमा प्रत्येक हप्ताको विहिवार सुगर जाँच निशुल्क हुदा यहाँका उपचारमा आउने नागरिकहरुलाई सहजता भएको छ ।दक्ष जनशक्ति, स्तरीय उपकरणका कारण अहिले पश्चिम क्षेत्रको बिरामीको उपचार गर्ने थलो बनेको छ ।
२०६८साल देखि जनता लाई सेवा दिदै आएको सामाजिक उत्तरदायित्व अन्तर्गत वर्षभरी नै विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । शिविरबाट लाखौ नागरिकहरुले सेवा पाएको अस्पतालका सुचना अधिकृत जनक कुँवरले बताएका छन् । लुम्बिनी प्रदेशका विभिन्न जिल्ला जस्तै अर्घाखाँची , गुल्मी, कपिलवस्तु,दाङ रुपन्देही लगायतका जिल्लामा स्वास्थ्य शिविर साथै अस्पताल परिसरमा चिकित्सकीय परीक्षण र औषधि वितरणका कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए । निजी लगानीमा संचालन भएको अस्पतालबाट विशेषज्ञ सेवासंगै ट्रमा सेवालाई विशेष प्राथमिकता दिएको छ ।अस्पतालले न्युरोसर्जरी, जनरल सर्जरी, ईएनटी, महिला तथा प्रसुति, डेण्टल, कार्डियो, अर्थो, मानसिक रोग विशेषज्ञ चिकित्सकहरुबाट सेवा दिदै आएको छ ।


प्रतिक्रिया