

कपिलवस्तुको शिवराज नगरपालिका आधारभूत स्वास्थ्य सेवा अस्पतालमा शव परिक्षण गृह उद्द्घाटन गरिएको हो । उद्घाटन गर्दै नगरप्रमुख अजय थापाले बिभिन्न घटनाबाट मृत्यु भएकाहरुको शव परिक्षण गर्न टाढा टाढा लैजानुपर्ने बाध्यता हटेको बताउनुभयो । शव परिक्षण (पोस्टमार्टम)सेवा सुभारम्भले नागरिकलाई सहजता हुने अस्पताल संचालक समिति अध्यक्ष एवं वडा नम्बर ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासेले जानकारी दिनु भयो ।
स्थानिय तहले सन्चालन गरेको अस्पतालमा यो सेवा नेपालमै पहिलो भएको नगरका स्वास्थ्य साखा प्रमुख चुरामणि भट्टराईले बताउनुभयो । कार्यक्रममा चन्द्रौटा उधोग बाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डे , नेपाली काग्रेस जिल्ला उपसभापती हुमकान्त खनाल लगाएतले अस्पतालमा भएको सेवा बिस्तार गरेकोमा धन्याबाद व्यक्त गर्नुभएको छ । अस्पतालका मेडिकल सुपरीटेन्डेट डा. अमित पाण्डेले औपचारिक रुपमा आज देखि सेवा आरम्भ भएको बताउनुभयो ।


प्रतिक्रिया