Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

बहादुरगन्ज आँखा अस्पतालको भवन उद्घाटन

नेपाल नेत्रज्योति संघ छन्द कालेबाबु नारायणी आँखा अस्पतालको वार्ड भवन र कर्मचारी आवास भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । दातृ निकाय एन.ए.बी.पी.नर्वे,लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालय र आर्थिक मन्त्रालय तथा अस्पतालको आन्तरिक श्रोत समेत गरि कुल ७ करोड १६ लाख ३९ हजार ३ सय ७६ रुपैयाँ ६१ पैसा लागत स्टिमेट रहेको वार्ड भवनको कुल खर्च ४ करोड ३९ लाख ८० हजार २ सय ७६ रुपैयाँ २१ पैसामा वार्ड भवनको निर्माण कार्य सम्पन्न भएको हो ।

लागत स्टिमेट भन्दा २ करोड ७६ लाख ५९ हजार १ सय रुपैयाँ २१ पैसा कम लागतमा निर्माण भएको उक्त भवन स्व.छन्द बहादुर शाह र नारायणी शाहको नाममा जग्गादान भएको हो । १७ कठ्ठा जग्गामा १०० बेडको चार तले वार्ड भवनको निर्माण भएको हो । वार्ड भवनको उद्घाटन नेपाल नेत्रज्योति संघ का केन्द्रीय अध्यक्ष प्राध्यापक डाक्टर चेतराज पन्तले गरेक हुन ।

त्यसैगरी अस्पताल परिसरभित्र २ तलाको १४ कोठा रहेको कर्मचारी आवास भवनको निर्माण समेत सम्पन्न भएको छ । संविधान सभा सदस्य माननीय अभिषेक प्रताप शाहको क्षेत्र बिकास कोष बाट प्राप्त ५० लाख, कृष्णनगर नगरपालिकाको १५ लाख, बिजयनगर गाउँपालिकाको ५ लाख, बुद्धभुमि नगरपालिकाको रु ५ लाख, एन.ए.बी.पी नर्वे को ८ लाख ८१ हजार ८ सय ८६ रुपैयाँ ९७ पैसा र अस्पतालको आन्तरिक श्रोत समेत गरि १ करोड ३० लाख ७८ हजार १ सय ६४ रुपैयाँ १७ पैसा लागत स्टिमेट रहेको कर्मचारी आवास भवनको कुल खर्च १ करोड २८ लाख २९ हजार ३ सय ४६ रहेको प्रशासकीय अधिकृत जसराज बिश्वकर्माले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma