Developed By Kuldeep Sharma

धानखोलामा महाशिवरात्री मेला सम्पन्न, शिवगढीको विकासको लागि प्रतिबद्ध

शिवराज नगरपालिका–१ धानखोलामा महाशिवरात्रीको अवसरमा आयोजना गरिएको मेला तथा दशौं विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। शिवगढीको प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि भव्य रूपमा मेला आयोजना गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाकाउपाध्यक्ष बिमला घिमिरेले शिवगढीको विकासमा आफूले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले शिवगढी शिवराज नगरपालिकाको मात्र नभई समग्र कपिलवस्तु जिल्लाकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य भएको उल्लेख गर्दै यसको संरक्षण र विकासमा केन्द्र, प्रदेश र स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो।

त्यसैगरी लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले शिवगढीको धार्मिक र ऐतिहासिक महत्व विशिष्ट रहेको बताउँदै विगतमा प्रचारप्रसारको अभावका कारण पर्यटकको सङ्ख्या न्यून रहेको भए पनि पछिल्लो समय यसको प्रचारप्रसार तीव्र रूपमा भइरहेको जानकारी दिनुभयो।

प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले धानखोला र रमुवादह दुवै मार्गलाई व्यवस्थित गरी शिवगढीसम्म सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा शिवराज नगरपालिका मेयर अजय थापा, बिजयनगर गाउपालिका अध्यक्ष गोपाल बहादुर थापालगायतका जनप्रतिनिधिहरूले पनि मन्तव्य व्यक्त गर्दै शिवगढीको विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका थिए।

यसै अवसरमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिनेश पुनले शिवगढीको विकासका लागि आवश्यक मागहरू समेटिएको ज्ञापनपत्र राष्ट्रिय सभाकी उपाध्यक्ष घिमिरेलाई बुझाउनुभएको थियो।

दुई दिनसम्म सञ्चालन भएको सांस्कृतिक कार्यक्रममा स्थानीय क्लबस्तरीय विभिन्न प्रतियोगिताहरू समेत सम्पन्न भएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma