Developed By Kuldeep Sharma

उम्मेदवार खानको आग्रह : “भोट माग्न आउनेसँग कपिलवस्तु किन पछाडि पर्‍यो भनेर सोध्नुहोस्”

कपिलवस्तु । नेपाली कम्युनिस्ट पार्टीबाट कपिलवस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार एहशान अहमद खाँले मतदातालाई भोट माग्न आउने उम्मेदवारसँग क्षेत्र किन पछाडि परेको हो भन्ने प्रश्न गर्न आग्रह गर्नुभएको छ।
घरदैलो अभियानका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै खानले कपिलवस्तु जिल्ला अन्य जिल्लाको तुलनामा विकासका दृष्टिले पछाडि परेको बताउनुभयो। यहाँबाट निर्वाचित भएका जनप्रतिनिधिहरूले अपेक्षाअनुसार काम नगरेका कारण नागरिकले अझै पनि आधारभूत सुविधा र अवसरबाट वञ्चित हुनुपरेको उहाँको भनाइ छ।
“वर्षौंदेखि एउटै अनुहारलाई जिताउँदै आए पनि क्षेत्रको अवस्था उस्तै छ। अब भोट माग्न आउने उम्मेदवारसँग किन विकास भएन भनेर जनताले प्रश्न गर्नुपर्छ,” खानले भन्नुभयो।
उहाँले आफूलाई एकपटक अवसर दिएमा क्षेत्रको विकासका लागि स्पष्ट योजना अनुसार काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। अहिले घरदैलो अभियानमा सक्रिय रहेको उल्लेख गर्दै खानले जनताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको दाबी गर्नुभयो।
खानले कपिलवस्तुको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा तथा पूर्वाधार सुधारलाई प्राथमिकतामा राखेर अघि बढ्ने योजना रहेको समेत बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma