

नेपाली कम्युनिष्ट पार्टी ले शिवगढी क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरेको छ। अभियानअन्तर्गत उम्मेदवार एहशान खा जनताको घरदैलोमा पुगेर स्थानीय बासिन्दासँग भेटघाट तथा अन्तरक्रिया गर्नुभएको थियो।
घरदैलो कार्यक्रममा उम्मेदवार खाले नागरिकका दैनिक समस्या, विकास निर्माणका चुनौती, शिक्षा, स्वास्थ्य, सडक तथा रोजगारीका विषयमा सुझाव र गुनासा सुन्नुभएको थियो। उहाँले जनताले उठाएका मुद्दालाई प्राथमिकतामा राख्दै समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“जनताको समस्या नै हाम्रो एजेन्डा हो, निर्वाचन जितेपछि मात्र होइन, अहिलेबाटै समाधानका लागि पहल थालिन्छ,” उम्मेदवार खाले बताउनुभयो।
कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। घरदैलो अभियानले मतदातासँग प्रत्यक्ष संवाद बढाउँदै चुनावी माहोललाई थप सक्रिय बनाएको स्थानीयले बताएका छन्।


प्रतिक्रिया