

नेपाल कम्युनिष्ट पार्टी (एमाले) शिवराज नगरकमिटीका सचिव रोशन एम.सी. राष्ट्रिय स्वतन्त्र पार्टीको जिताउ अभियानमा सहभागी भएका छन्। लामो समयदेखि एमालेप्रति असन्तुष्ट रहँदै आएका एम.सी. पछिल्लो समय खुलेरै राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा देखिएका हुन्।
एम.सी. घण्टी चुनाव चिन्हसहित उम्मेदवारसँगै रहेको तस्बिर सार्वजनिक भएपछि उनको राजनीतिक धार परिवर्तन भएको स्पष्ट भएको छ। उक्त तस्बिर सार्वजनिक भएसँगै स्थानीय राजनीतिक वृत्तमा यसले चर्चा पाएको छ।
एमाले शिवराज नगरकमिटीमा महत्वपूर्ण जिम्मेवारीमा रहेका सचिव एम.सी.को रास्वपा अभियानमा सहभागिताले शिवराज नगरपालिकाको स्थानीय राजनीतिमा नयाँ समीकरणको संकेत गरेको छ।
यद्यपि, एम.सी.ले औपचारिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन् वा छैनन् भन्ने विषयमा भने आधिकारिक पुष्टि भइसकेको छैन।


प्रतिक्रिया