Developed By Kuldeep Sharma

५ वर्ष अगाडि

मध्यावधि निर्वाचनको कार्यतालिका तयार, दल दर्ताका लागि आह्वान गर्ने तयारी

काठमाडौं – निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेको छ । एक अधिकारीका अनुसार सोमबार दल दर्ताका लागि आह्वानसहित निर्वाचन कार्यक्रम सार्वजनिक हुनेछ । जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा भंग भएपछि सरकारले कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणा गरेको थियो । त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ अन्तिम चरणमा पुगेको छ । त्यही बेला निर्वाचन आयोगले प्रतिनिधि सभाको मध्यावधि चुनावको लागि दल दर्ता गर्न साउन १५ गतेसम्मको समय दिएको छ ।


निर्वाचन आयोगले सोमवार (आज) स्वीकृत गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को निर्वाचन कार्यतालिकाअनुसार असार ३१ देखि साउन १५ गतेसम्म दल दर्ताको समय दिएको हो । सरकारले आउँदो कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि चुनाव घोषणा गरेको छ । आयोगले चुनावको कार्यतालिका पनि सार्वजनिक गरेको छ ।
आयोग स्रोतका अनुसार पहिलो चरणमा हुने चुनावका लागि असोज २० र २१ गते उम्मेदवार दर्ता गर्ने कार्यतालिका तयार भएको छ । असोज २० गते संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र २१ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्नेछ । यस्तै दोस्रो चरणको निर्वाचनको उम्मेदवारी दर्ता असोज ३१ र कात्तिक १ मा गर्ने तयारी छ । ३१ गते संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र १ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्ने प्रारम्भिक तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma