Developed By Kuldeep Sharma

२ घण्टा अगाडि

जवाभारिमा अतिक्रमित जग्गा हटाउने : १० दिने म्याद थप

 

कपिलवस्तुको शिवराज नगरपालिका वडा न ७ को विद्यालयको अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानलाई समय थप दिएको छ। उक्त क्षेत्रका बासिन्दाहरुले नगरप्रमुख अजय थापालाइ समय थप गर्न समय आग्रह गरेर १० दिन मा घरधनिले स्वयम खालि गर्ने सहमति गरेका छन

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार सार्वजनिक जग्गा, भवन तथा भौतिक पूर्वाधारको संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहमा रहने भएकाले सोही कानुनी आधारमा अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार कित्ता नं. ५४ (क्षेत्रफल ०–९–१–०) भित्र पर्ने सार्वजनिक जग्गामा निर्माण गरिएका संरचना हटाई १० दिनभित्र खाली गर्न सम्बन्धित पक्षलाई पुनः निर्देशन दिइएको छ। यस क्षेत्रमा विद्यालयको नाममा रहेको जग्गामा निजी घर निर्माण गरी भोगचलन हुँदै आएको पाइएको छ।

स्थानीय स्रोतका अनुसार तत्कालीन श्री ५ सरकारद्वारा विद्यालयलाई प्रयोगका लागि उपलब्ध गराइएको उक्त जग्गा केही व्यक्तिले कब्जा गरेको अवस्था देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma