Developed By Kuldeep Sharma

१३ मिनेट अगाडि

सामुदायिक विद्यालय तर्फ शिवराजकै प्रथम बन्यो जनचेतना सामुदायिक विद्यालय

कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरूमध्ये श्री जनचेतना सामुदायिक विद्यालय ले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै प्रथम स्थान बनाउन सफल भएको छ।

विद्यालयबाट सहभागी ४७ जना विद्यार्थीमध्ये ३२ जना विद्यार्थी उत्तीर्ण भएका छन्। यससँगै विद्यालयले ६८.०९ प्रतिशत उत्तीर्ण दर कायम गर्दै नगरभित्रका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट नतिजा ल्याएको हो।

विद्यालयका प्रधानाध्यापक देवानन्द ठाकुर ले शिक्षक, विद्यार्थी तथा अभिभावकको संयुक्त मेहनत र अनुशासनका कारण विद्यालयले उल्लेखनीय सफलता प्राप्त गरेको बताए। उनले ग्रामीण क्षेत्रमै रहेर पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यका साथ विद्यालयले निरन्तर मेहनत गरिरहेको उल्लेख गरे।

ग्रामीण भेगमा रहेको उक्त विद्यालयले विगतका वर्षहरूमा पनि आफ्नो शैक्षिक नतिजामा निरन्तर सुधार गर्दै आएको छ। पछिल्ला वर्षहरूमा विद्यालयले शैक्षिक गतिविधि, अतिरिक्त क्रियाकलाप तथा अनुशासित अध्ययन प्रणालीमार्फत आफूलाई नगरकै नमुना विद्यालयको रूपमा स्थापित गर्दै गएको स्थानीयको भनाइ छ।

यस्तै, संस्थागत सामुदायिक गरि  शिवगढी स्कुल ले उत्कृष्ट जिपिएसहित नगरकै प्रथम स्थान हासिल गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma