चन्द्रौटा,२१ साउन
कपिलवस्तुको शिवराज नगरपालिमा एकै पटक धेरै जनाको कोरोना परिक्षणको नतिजा आएकोे छ । चन्द्रौटा लगायत बजार क्षेत्रका ३२ जना व्यापारी र कन्ट्याक्स टे«सिङमा परेका ३ सय ६४ जनाको को नतिजा बुधवार आएको हो ।
नगरपालिकामा समुदाय स्तरमा नै कोभिड १९ कोरोना संक्रमण देखिए पछि नगरपालिकाले नगरको मुख्य बजार चन्द्रौटाका ३२ जना व्यापारीहरुको स्वाब संकलन गरी परिक्षणका लागी पठाएको थियो । जसमा एक जनाको मात्र पोजेटिभ आएको छ । चन्द्रौटा चोकमा रहेको गुलसन मेडिकलमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएको हो ।
मेडिकलका कर्मचारी संक्रमित भएकाले धेरै जना सँग सम्पर्क भएको हुन सक्ने अनुमान रहेको छ । त्यस्तै समुदाय स्तरका नागरिकमा गरिएको ३६४ जना मध्य ३ जनामा मात्र पोजेटिभ देखिएको शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले बताउनुभयो । नेपाल आर्दश मावि शिवपुरमा कार्यरत २ जना शिक्षक र यस भन्दा अघि संक्रमित भएका एक जनाको परिवारका एक सदस्यमा देखिएको भटट्राईले बताउनुभयो । उहाँले ५ दिन पछि कट्याक ट्रेसिङको आधारमा परिक्षण गरिने बताउनुभयो ।
शिवराजमा भयाभव अवस्था हुन सक्ने आंकलन गरिएको भएपनि नजिता भने सन्तोषजनक आएको बताइएको छ । नगरप्रमुख नेत्रराज अधिकारीले सबै सचेत भएमा कोरोना नियन्त्रण हुने दावि गर्नुभयो । अहिले विद्यालय तथा भेला हुने अवस्था नरहेको बताउदै हात धुने र मास्कको प्रयोग गर्न नगरवासिमा अपिल गुर्नभयो ।
प्रतिक्रिया