Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कर्मचारी र प्रशिक्षणमा बोलाइएका खेलाडीको एन्फाले आजदेखि कोरोना परीक्षण गर्ने

काठमाण्डौ अखिल नेपाल फुटबल संघ (एन्फा)ले कर्मचारी र प्रशिक्षणमा बोलाइएका खेलाडीको आजदेखि कोरोना परीक्षण गर्ने भएको छ ।

फिफा विश्वकप छनोटका लागि तयारी गर्नु अगाडि एन्फाले कर्मचारी र प्रशिक्षकको कोरोना परीक्षण गर्ने भएको हो ।

आज काठमाण्डौ बाहिरबाट आएर होटलमा क्वरेण्टीनमा बसेका ११ जना खेलाडीको कोरोना परीक्षण हुनेछ । उनीहरुको बिहान १० बजेदेखि पाटन अस्पतालमा कोरोना परीक्षण हुने भएको हो । भदौ १ गतेबाट प्रशिक्षण सुरु हुनेछ ।

काठमाण्डौ उपत्यका बाहिरबाट आएका ११ खेलाडी होटलमा बसेका छन्, भने २२ जना खेलाडी घरमा नै होम क्वरेण्टीनमा छन् ।

विश्वकप छनोट अन्तर्गत नेपालले ३ वटा खेल घरेलु मैदानमा खेल्ने योजना छ । नेपालले आउँदो असोज २२ गते चाइनिज ताइपेईसँग खेल्दैछ । त्यसको ५ दिनपछि अर्थात् असोज २७ गते अष्ट्रेलियासँग खेल्ने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma