Developed By Kuldeep Sharma

८ दिने पशु पालन तथा व्यवस्थापन तालिम

कपिलवस्तु – पशु पालन तथा व्यवस्थापन ८ दिने तालिम सम्पन्न भएको छ । श्रीनगर एग्रो र्फम प्रा.लिको सहयोग हिमपात साना किसान कृषि सहकारी संस्थाको आयोजनामा उक्त तालिम सोमबार शिवराज ५ चन्द्रौटामा सम्पन्न भएको थियो । तालिममा सहभागिता जनाउदै शिवराज नगरपालिका वडा न. ५का वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासेले कृषि सहकारिले किसानको मर्म अनुसारका बिभिन्न लगानि र आत्मनिर्भर बनाउने खालका कार्यक्रमले किसानको लागि उत्साहित बनाउने हुदा यस्ता तालिमको आबश्यक रहेको बताउदै आफु शिवराज नगरपालिकाको कृषि संयोजक रहेको हुदा कृषिको क्षेत्रमा नगरबाट हुने सहयोग गर्ने बताउनु भयो ।

यस्तै हिमपात साना किसान कृषि सहकारी संस्थाको सल्लाकार समिति सयोजक विष्नु प्रसाद खतिवडाले हिमपात कृषि सहकारीले किसानको आयआर्जनको लागि पहिलो प्राथामिकतामा राखेर रिण लगानि गर्दै आएको बताउदै तालिममा सिकेका कुरालाई ब्यावाहारमा लागु गर्नु पर्ने बताउनु भयो । प्रशिक्षण माधव प्रसाद आचार्य,दिपक सारुले किसानको लागि पशुपालनमा आवश्यक पर्ने कुरामा कसरी ध्यान दिन सकिन्छ ।

गोठ सुधार ,दाना पानि बिभिन्न पशुमा लाग्ने रोगका बारेमा प्रशिक्षण गराउनु भएको थियो । सहभागि अधिकांस किसानले तालिमले धेरै कुरा सिकेको बताउदै आगिमि दिनमा सहि किसान पहिचान गरी तालिम र अनुदान दिएमा किसानको लागि थप टेवा पुग्ने बताएका थिए । हिमपात साना किसान कृषि सहकारी संस्थाका कार्यवाहक अध्यक्ष जिवन केसीले किसानको हरेक कुराको आवश्यताको आधारमा सहकारीले काम गर्दै आएको बताउदै बिभिन्न माध्यमबाट किसानको लागि काम गर्दै आएको बताउनु भयो । र आगामि दिनमा पनि काम गर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma