

नवराज पौडेल कपिलवस्तु
पौष २ गते
मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तिय संस्था कपिलवस्तुको केन्द्र प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ३ मा अबस्थित शाखा कार्यालय खरेन्द्रपुरको आयोजनमा गोष्ठी कार्यक्रम सप्पन्न भएको शाखा प्रमुख युधिर बस्नेतले जानकारि दिनुभयो ।
गोष्ठी कार्यक्रम लाई सम्बोधन गर्दै केन्द्रिय कार्यालयका बिभागिय प्रमुख शेर बहादुर गुरुङले सस्थाको बर्तमान अबस्थाको बारेमा जानकारी दिदै सस्थाले सदैब सदस्य मैत्री काम गरिरहेको र आगामी दिनमा पनि गर्दै जाने प्रतिवद्द्ता ब्यक्त गर्नु भयो ।
कार्यक्रममा सस्थाले चलाएको कार्यक्रमको बारेमा सदस्यहरुबाट आएका जनगुनासोको सस्थाका अनुगमन अधिकृत कृष्ण प्रसाद खनालले गुनासोको सम्बोधन तथा सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले बैंक तथा बित्तीय संस्थाले लगानी गरेको कर्जाको सहि सदुपयोग गर्नुपर्ने बताउनु भयो ।


प्रतिक्रिया