

नवराज पौडेल कपिलवस्तु
पौष २ गते शनिबार
कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ८ मा अबस्थित भूपू सैनिक स्कुलको आयोजनामा शुक्रवार भएको प्रथम अन्तर विद्यालय जिल्ला स्तरीय कराँते प्रतियोगिताको उपाधी राष्ट्रिय मा.बि चन्द्रौटाले हात पारेको छ ।
भूपू सैनिक स्कुलको आयोजनामा सञ्चालित प्रतियोगितामा जिल्लाका ४६ वटा सामुदायिक तथा निजि विद्यालयहरुबाट गरी करिब ३०० जना खेलाडीहरुको सहभागिता रहेको स्कुलका प्राचार्य डम्बर बहादुर सोमैले बताउनु भयो । जिल्ला खेलकुद विकास समिति कपिलवस्तुका अध्यक्ष राजेश कुमार उपाध्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कराँते प्रतियोगितामा २० के.जी तौल समूह देखि ६० के.जी सम्मका १४ बर्ष मुनिका खेलाडीहरुलाइ समूहमा प्रतिस्पर्धा गराइएको जिल्ला खेलकुद बिकास समितिका सदस्य सचीव मीन प्रसाद पोख्रेलले बताउनु भयो

४६ वटा विद्यालय मध्ये कपिलवस्तुको शिवराज नगरपालिका ०५ चन्द्रौटामा अबस्थित राष्ट्रिय मा.बि चन्दौटाले ६ वडा गोल्ड मेडल प्राप्त गरि प्रथम स्थान हासिल गर्न सफल भएको हो । यसैगरी ३ वटा गोल्ड मेडल प्राप्त गर्दै हिलवर्ट बोडिङ स्कुलले दित्तिय स्थान र २ गोल्ड मेड्ल प्राप्त गर्दै सनफ्लावर इङ्लिश बोडिङ स्कुल तृतीय स्थान हासिल गर्न सफल भएको छ ।
जिल्लामा यसरी पहिलो पटक कराँते प्रतियोगिता आयोजना हुँदा निकै खुशी लागेको स्थानीय खेलाडी सावित्री वि.कले बताइन्। उनले भनिन् ‘क्रिकेट, भलिबल, फुटबल जस्ता खेल सधैं भइरहन्छ तर कराँते पहिलो पटक भएको छ। हामी जस्ता कराते खेलाडीका लागि यो निकै खुसीको कुरा हो।’ उक्त कार्यक्रमका अतिथी तथा स्कुल ब्यावस्थापन समितिका अध्यक्ष राजेन्द्र बिक्रम शाहले कराँते प्रतियोगिता प्रत्येक विद्यालयमा अनिवार्य कराते खेलकुद आवश्यक भन्ने उदेश्यका साथआयोजना गरिएको बताएका छन् । उक्त कार्यक्रम बालकुमारी पुन गैरेको स्वागत मन्तव्य र नवराज पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।


प्रतिक्रिया