

फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ काे उपाधि जितेकाे छ । कतारकाे लुसेल स्टेडियममा भएकाे राेमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गाेलले हरायाे ।
निर्धारित ९० मिनेटमा २–२ गाेलकाे बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेकाे थियाे । अतिरिक्त समयमा ३–३ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे । यसअघि अर्जेन्टिनाका लागि लियाेनल मेस्सीले दुई र एन्जेल डी मारियाले एक गाेल गरे । फ्रान्सका लागि केलियन एम्बाप्पेले ‘ह्याट्रिक’ गरे ।


प्रतिक्रिया