

पछिल्लो समय कुस्ती खेलप्रति दर्शकको आकर्षण बढ्दै गएको छ । राष्ट्रिय खेलमा समावेश हुन नसकेपनि मेला महोत्सव तथा अन्य उत्सवको बेला कुस्तीले स्थान पाउन थालेको छ । कुस्ती खेलमा पहलवानी देखाउने भएकाले पनि खेलप्रेमीहरूमा लागि कुस्ती खेलप्रति आकर्षण बढेको हो ।
यसैबीच कुस्ती खेलको संरक्षण गरी राष्ट्रिय स्तरमा यसको पहिचान कायम गर्न चन्द्रौटा महोत्सवमा कुस्ती खेल प्रतियोगिता संचालन गरिएको छ । खेलको माध्यमबाट पहलवानहरूमा हौसला प्रदान गर्न र खेलको जगेर्नाका लागि महोत्सवमा कुस्ती खेललाई प्राथमिकता दिइएको आयोजक संस्था व्यापार संघ कपिलवस्तुका अध्यक्ष एवं महोत्सव संयोजक महादेव पोखरेलले जानकारी दिए । महोत्सवमा तीन दिन कुस्ती प्रतियोगिता आयोजना गरिएको छ । कुस्ती खेलमा भारत तथा नेपालका खेलाडीहरु सहभागि भएका छन् ।






प्रतिक्रिया