Developed By Kuldeep Sharma

चिसो बढेपछि एकिकृत सुरहि सामुदायिक वनद्धारा दाउरा वितरण

कपिलवस्तु  – केही दिनयता शीतलहर शुरु भएसँगै ह्वात्तै चिसो बढेको कारण सर्वसाधरणको जनजीवन प्रभावित हुन थालेपछि एकिकृत सुरहि सामुदायिक वनले आगो ताप्नका लागि स्थानीयवासीलाई दाउरा वितरण गरेको छ ।

शीतलहर बढेर चिसोको प्रभाव बढेपछि वन कार्यालयले बुधबार शिवपुर क्षेत्रका बेलौति लगायतका चोकहरुमा दाउरा वितरण गरेको वनका अध्यक्ष गुणनिधि घिमिरेले जानकारी दिनुभयो । शीतलहरमा गरिब तथा ज्येष्ठ नागरिकलाई सहज होस् भनेर दाउरा वितरण गरेको घिमिरेले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma