

दिपक के सि
कपिलवस्तुको शिबराज नगरपालिकामा गर्ग गोत्रीय समिति गठन भएको छ । नगरमा रहेका गर्ग गोत्रीयहरुको सनिबार शिबराज नपा ३ सुपा देउरालीमा भएको भेलाले समिती गठन गरेको हो ।
समितिको अध्यक्षमा दिनबन्धु आचार्य , उपाध्यक्ष छबिलाल कर्माचार्य , महासचिव खिमराज आचार्य , सचिब कबिता आचार्य , सह सचिब सरोज सर्मा आचार्य , कोसाध्यक्ष गोपाल आचार्य रहेको १७ सदस्यीय समिती गठन भएको छ ।

यस्तै मेघराज आचार्यको सयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिती गठन गरिएको गर्ग गोत्रीय प्रबिण आचार्यले बताउनु भयो । गर्ग गोत्रीय समितिले सबै गर्ग गोत्रीयहरुलाइ यस समितिमा समाबेश गर्दै आफ्नो परम्परा सस्कृतीलाई पुस्ता हस्तान्तरण गर्ने र विभिन्न सामाजिक क्रियाकलापमा सहभागी हुने समितिका अध्यक्ष दिनबन्धु आचार्यले बताउनु भयो ।


प्रतिक्रिया