

दिपक के सि
कपिलवस्तुको शिबराज नगरपालिकामा नेकपा माओवादी केन्द्र शिबराज नगर समितिले २८ औ जनयुद्व दिवसको अवसरमा दिप प्रज्वलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

फागुन २०५१ फागुन १ गते राज्य ब्यबस्था परिवर्तनमा लागि जनयुद्धको सुरुवात भएको सम्झना गर्दै आजको ब्यबस्था ल्याउन जनताले राज्य सग बिद्रोहको बिगुल फुकेको दिनको रुपमा दिवस मनाइएको कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्र शिबराजनगर इन्चार्ज तथा लुम्बिनी प्रदेश सदस्य दिनेश पुनले बताउनु भयो ।

जनयुद्धले परिवर्तन गरेको राज्य ब्यबस्थामा अझै आमूल परिवर्तन हुन बाकी रहेको समेत उहाँले बताउनु भयो ।

जनयुद्ध दिवसको शुभकामना दिदै नगर समिती कार्यबाहक अध्यक्ष चिन्ता परियारले जनयुद्धका ज्ञात अज्ञात सहिदहरु प्रती श्रद्धाञ्जली व्यक्त गर्दै सहिदको सपना पूरा गर्न अझै पार्टी मज्बुत हुनु पर्ने बताउनु भयो । जनयुद्धले ब्यबस्था परिवर्तन भए पनि जनयुद्धका योद्वा र आम जनताको जीवन स्तरमा परिवर्तन नआएकोले अब पार्टीका कार्यकर्ता र आम नागरिकलाई अर्थ सग जोड्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा कार्यबाहक अध्यक्ष चिन्ता परियारको अध्यक्षता, नगर इन्चार्ज तथा लुम्बिनी प्रदेश सदस्य दिनेश पुनको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा नगर समितिमा सदस्यहरु , शुभचिन्तक लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन नगर सचिब आकाश बुढाथोकिले गर्नु भएको थियो ।



प्रतिक्रिया