

शिवराज नगरपालिका १० लालपुरमा आधारभुत पत्रकारिता तालीम सुरु भएको छ । चिन्तास मिडिया नेटवर्क प्राली कपिलवस्तुको आयोजना , वडा न १० को सहयोगमा मंगलवार वाट तीन दिने पत्रकारीता तालीम सुरु भएको हो । तालीमको लोसपा केन्द्रीय सदस्य रविदत मिश्राले उदघाटन गरेका छन । मिश्राले पत्रकारीताको मुल्य मान्यतामा रहेर पत्रकारीता गनुपर्ने वताएका छन । उनले पत्रकारीता समाजको ऐना भएकाले सत्य तथ्य समाचार सम्प्रेषण गर्नुपर्ने वताएका छन ।
वडा अध्यक्ष मन्जु मिश्राले पत्रकारीता तालीमवाट नेतृत्व विकासमा सहयोग पुग्ने विश्वास व्यतm गरेकी छिन । अध्यक्ष मिश्राले सिकेको सिप व्यहवारमा ल्याउने गरी प्रशिक्षण लिन समेत सुझाएकी छिन । कार्यक्रम चिन्तास मिडिया नेटवर्क प्रालीका अध्यक्ष चिन्ता परियारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन माधव वेल्वासेले गरेका थिए । तालीमको सहजीकरण पत्रकार महासंघका सहसचिव संजीव गहतराजले गरेका थिए ।


प्रतिक्रिया