

शिवराज नगरपालिकाले नगरभित्रका कर्मचारी शिक्षक लगायतका छोराछोरीलाई सरकार विद्यायमा पढाउनुपर्ने नियम बनाएपछि कतिपयले आलोचना गरेका छन त कतिपयले प्रशंसा गरेका छन् । शिवराज नगरपालिका ९ बानियाभारमा रहेको सरस्वती माविका प्रधानाध्यापक विक्रम केसिले लेख्नुभएको यो अंश
सर्वप्रथम नगरप्रमुख ज्यु
तपाईलाई धेरै धेरै धन्याबाद।
जुन दिन यसको पूर्ण कार्यान्वयन हुनेछ।अझबढी सलामको हकदार तपाईं र तपाईं नेतृत्वको क्याबिनेट हुनेछ। त्यति मात्रै होईन यो एउटा ईतिहास बन्नेछ। यो निर्णसँगै सामुदायिक विद्यालय सुधारका क्षेत्रमा झिनो भएपनी आसा पलाएको छ। छोराछोरी निजीबाट झिक्नुपर्दा, कुन शिक्षकले राजिनामा देला, कुन जनप्रतिनिधीले पद त्याग्ला, त्यातिर ध्यान दिन जरुरी छैन।नदिनोस। त्यो उनिहरुको चिन्ताको विषय हो। हामी आफै पनि हिजोदेखी नै यसको सफल प्रयोग गरिरहेका थियौ।छौ। तसर्थ यति चै ढुक्कका साथ भन्न चाहान्छौ कि
१, निस्शुल्क तथा अनिवार्य शिक्षाको सफल कार्यान्वयनका लागि हामी सबै शिक्षक,कर्मचारी र जनप्रतिनिधी सामुदायिक विद्यालयप्रती जिम्मेवार बन्नैपर्दछ। हाम्रा छोराछोरी सरकारी विद्यालयमा भर्ना गराउनैपर्दछ। यो हिजोदेखी नै हुनुपर्दथ्यो। भएन।वा हुन सकेको थिएन। खैर केही छैन। तपाईले कार्यान्वयन गर्ने आँट गर्नुभएको छ। अतयन्तै सर्हानिय कार्य। ढृडताका साथ कार्यान्वयनमा लाग्नोस। इतिहासको जन्म ऐतिहासिक कार्यबाटै सम्भव छ। साथसाथै मेयर साब , अर्को एउटा समस्या पनि हामीमाझ छ।तपाईको ध्यान नपुगेको पनि हुनसक्छ। पुर्याउनु पर्नेहरुले नपुर्याएका पनि हुन सके। कतिपय नमुना भनिएका विद्यालयबाट अंगेजी मिडियमका नाममा हुँदाखाने र हुनेखानेका वालवालिका छुट्टीने गरि एउटै विद्यालय हाताभित्र दुईथरी पठनपाठन अझैपनी संचालन भैरहनु दुखद छ । पैसा नभएकै कारण वा अभिभावकको गरिबीका कारण एउटै हाताभित्र वालवालिकाले दिनहुँ देख्ने,सुन्ने,नजिकबाट महसुस हुनेगरी मानसिक रुपमा पठनपाठनका दौरान झेलिरहेको मानसिक विभेद अतयन्तै पिडादायी विषय छ। आफै सोच्नोस त मेयरसाब१ मानिलिनुस तपाईं र मेरो छोरा वा छोरी दिनहु एउटै स्कुल हाता छिर्छन।
मेरो बच्चा अग्रेजी मिडियम भन्दै पश्चिम ब्लगतिर अलि स्मार्ट कक्षा प्रवेश गर्दछ।तपाइको नेपाली मिडियम भन्दै दक्षिण ब्लगतिर साधारण कक्षा छिर्छ। एउटै हाताभित्र। एउटै कम्पाउण्डभित्र। एउटै स्कुलक्षेत्रमा। म पैसावाल हुँदा स्मार्ट कक्षा छिर्ने मेरो वच्चा र तपाईंसँग पैसा नहुँदा वा तपाईको गरिबीका कारण साधारण कक्षा छिर्ने तपाईको वच्चा एकैपटक,एकै समयमा दिनहु एउटै हाताभित्र विद्यालय प्रवेश गराउने जस्तो अमानविय व्यवहार हामीले गरिरहदा यसले साधारण कक्षा प्रवेश गर्ने तपाईको वच्चाको मानसपटलमा कस्तो अवस्था सृजना गराईरहेको होला।।रुयो भन्दा ठूलो विभेद सायदै अरु हुन सक्ला।
तर यस्ता बिभेदकारी कार्यलाई हामी आफै विद्यालयको शैक्षिक विकासमा प्रगतीको मानक बताईरहेका छौ। कस्तो बिडम्बना ।। त्यसैले अंग्रेजी मिडियमकै नाममा एउटै कम्पाउण्डभित्र दुईखाले पठनपाठन उचित पक्कै नहोला। अंग्रेजी मिडियम नै गरौ ठिक छ।केही भएन ।तर एउटै हाताभित्र छिर्ने सबैलाई हुनेगरी गरौ। सकिन्न भने मिडियमका नाममा विभेद नगरौ।बन्द गरौ। अंग्रेजी नाममा पैसावालहरुका लागि निजी स्कुल छन।
कम्तिमा त्याहा एउटै हाताभित्र बालबालिकाले दिनहु नजिकैबाट भोग्ने गरि विभेद छैन। हो समग्र शिक्षाक्षेत्रलाई तुलनात्मक रुपले हेर्दा माथिल्लो ऐराभित्र देखिने निजी र सामुदायिक नामको त्यो बिभेदको अन्त्य पनि जरुरी छ। सामुदायिक विद्यालय सबैका छोराछोरीका लागि समान शिक्षा लिनका बनेका वा बनाईएका हुन। हाम्रा विद्यालय बिभेदको थलो बन्नु हुदैन। यद्धपी निशुल्क र अनिवार्य शिक्षाको कार्यान्वयनसँगै यसको अन्त्य हुनेनै छ। हाम्रा विद्यलायहरु राम्रा बन्नुपर्दछ। गुणस्तरिय बन्नुपर्दछ। हामीले बनाउनुपर्दछ। शैक्षिक क्षेत्रमा तपाईका लगातारका निर्णय सहि छन।सान्दर्भिक छ। जनहितमा छन। सफल कार्यान्वयनको शुभकामना सहित कार्यान्वयका लागि पूर्ण प्रतिवद्ध छौ। धन्याबाद।।। नमस्कार।।


प्रतिक्रिया