Developed By Kuldeep Sharma

कार्यसम्पादन मुल्यांकनमा कृष्णनगर नगरपालिकाको अवश्था सु्धारउन्मुख

कार्यसम्पादन मुल्यांकनमा कपिलबस्तुको कृष्णनगर नगरपालिका अवश्था सुधारउन्मुख देखिएको छ । मुल्याकंनका १७ वटा सुचकलाई आधार मान्दा कृष्णनगरको अवश्था सुधारउन्मुख देखिएको हो । गएको वर्षको तुलनामा कृष्णनगर नगरपालिकाको अवश्था केहि सुधार देखिएको छ । कृष्णनगर नगरपालिकाकाले ५८ अंक प्राप्त गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले राजस्व सकंलन लक्ष्य पूरा गरेको, संचित कोषा ब्यवस्थापन प्रणाली लागू गरेको, आवधिक योजना तर्जुमा गरेको, नीति कार्यक्रम तथा बजेट समयमा पेस गरेको, आयब्यय प्रक्षेपण गरिएको तथ्यांक सहितको विवरण समयमै पेस गरेको लगायतका १७ वटा सुचांक मुल्याङकन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma