Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

अमेरिकाले नेपाललाई दियो २ सय ८ रनको लक्ष्य

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप छनोट प्रतियोगिता अन्तर्गत अमेरिकाले नेपाललाई २ सय ८ रनको लक्ष्य दिएको छ ।

नेपालसँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा अलआउट हुँदै २ सय ७ रन बनायो । उसका शायन जहंगिरले नटआउट एक सय रन बनाए । बलिङतर्फ नेपालका करण केसीले ४, गुल्सन झाले ३,  दिपेन्द्रसिंह ऐरीले २ र ललित राजवंशीले एक विकेट लिए ।

अमेरिकाले १८ रन बनाउँदा नै ४ विकेट गुमाइसकेको थियो तर त्यसपछि भने नेपाली बलरलाई विकेट लिन हम्मेहम्मे हुँदा अमेरिकाले २ सय ७ रन बनाउन सफल भयो । अघिल्लो खेलमा विकेट लिन नसकेका सन्दीप लामिछाने आज पनि विकेटविहीन रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma