Developed By Kuldeep Sharma

९ महिना अगाडि

मेयर थापाको पहल : जवाई सिचाई योजना मर्मत संम्भार

शिवराज नगरपालिका नगर प्रमुख अजयय थापाको पहलमा लामो समय पछि जवाइ सिचाई योजना मर्मत हुने भएको छ । जवाई सिचाईका लागि नगर प्रमुख थापाको पहलमा संघबाट आ।ब।०८०/०८१ का लागी २ करोड रकम विनियोजित भएको छ । चुनाव ताका होस वा अन्य समयमा नेताहरुको जनता फकाउने माध्यम बनेको जवाइ सिचाई योजनाको मर्मतको नारा नगर प्रमुख थापाले भने पुरा गर्ने भएका छन ।


चार दशक अघि निर्माण भएको कपिलवस्तुको शिवराज नगरपालिका वडा नं। ४ मा रहेको जवाइ खोलामा निर्माण भएको सिचाई योजना मर्मत संम्भार हुने भएको छ । पूर्वपश्चिम राजमार्ग देखि दक्षिण क्षेत्रको हज्जारौं विगाहा जग्गा सिचाई हुने जवाई सिचाई योजना आ।ब। ०८०/०८१ मा मर्मत हुने भएको हो ।

शिवराज नगरपालिकाको वडा नं. ३, वडा नं. ४ वडा नं. ११ र बुद्धभूमि नगरपालिकाको केहि वडाका भागहरुमा सिचाई हुने जवाइ सिचाइ योजना र सोको नहर ४ दशक पछि मर्मत हुने भएको हो । निर्माण पछि मर्मत संम्भार नपाएको सिचाई योजनाले हाल सम्म पनि सोहि वडाहरुका किसानका खेतहरुमा पानी सिंचित गरिरहेकै छ । जवाई सिचाई योजनामा बजेट परेपछि नगर प्रमुख थापा लगायत नगरपालिकाको प्राविधिक टिमले सिचाई योजनाको स्थलगत अनुगमन समेत गरेको छ ।


सिचाई योजनामा बनेको नहरलाई फराकिलो बनाउने,ड्याम क्षेत्रलाई पनि विस्तारगर्ने सिचाई संगै सो क्षेत्रलाई पर्यटकिय क्षेत्र र वाटर पार्कका रुपमा विकास गर्ने योजना रहेको नगर प्रमुख थापाले बताउनु भयो । “पहिलो प्राथमिकता नहरमा सिचाईका लागी आवश्यक पानी पुराउनु नै हुनेछ ,जसबाट किसानले सबै महिना बालि उत्पादन गर्न सक्नेछन ,त्यसका लागी ड्याम मर्मत गर्ने ,पक्कि नहर बनाउने काम गरिनेछ भने भविष्यमा ड्यामलाई पर्यटिकय स्थाल एवं वाटर पार्क रुपमा विकास गर्ने छौं ।” नगर प्रमुख थापाले भन्नु भयो ।
सिचाइ योजना सम्पन्न भएपश्चात् किसानहरु आकाशे पानीको भर पर्नु नपर्ने वडा न ३ का अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो । शिवराजका मात्र नभएर महाराजगंज र बुद्धभूमी नगरपालिकाका स्थानीयहलाई पनि सिचाईमा सहजता आउने सापकोटाले बताउनुभयो ।
यस्तै शिवराज नगरभित्र रहेको राजकुलोको संरक्षण र संचालनमा ल्याउने हो भने नगरको ६० प्रतिशत भुभाग सिचाई गर्नका लागी सहज हुनेछ । अतिक्रमण र संरक्षणको अभावमा हराएको राजकुलो खोजी र संरक्षण गर्ने हो भने किसानले खेति गर्नका लागी आकाशे पानी भर पर्नु पर्ने समस्या टर्ने थियो साथै डुबानको समस्या पनि समाधान हुने थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma