Developed By Kuldeep Sharma

९ महिना अगाडि

जुम्लेली खुट्के

माधव बेल्वासे
कपिलवस्तु,२२ साउनः
शिरमा ढाका टोपी,काँधमा झोला,घाटीमा सेतो रुमाल । मिठो मुस्कान सहित ग्राहक खोज्दै गाउँ डुल्छन् खुट्के रोका । कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला जुम्लाबाट खुट्के वर्षेनी तराई झर्छन् । भौगोलिक रूपमा विकट र दुर्गम भए तापनि नेपालको इतिहासमा जुम्ला जिल्लाको आफ्नै महत्त्वपूर्ण पहिचान रहेको जिल्ला हो । जुम्लामा उत्पादित विभिन्न जडीबुटीलाई तराईका विभिन्न जिल्लामा पुगेर व्यापार हुने गर्दछ । व्यापार मात्र होइन खुट्केले नेपाली भाषा र संस्कृतिको उद्गम स्थल जुम्लाको प्रचारप्रसार समेत गर्दछन् ।
जु्म्लाबाट व्यापारको लागि तराई झर्छन खुट्के रोका । उनी वर्षमा दुई पटक जुम्ला पुग्छन् । त्यहाँ उनले विभिन्न प्रकारका जडीबुटीहरू सङ्कलन गर्दछन् र त्यसपछि दुई महिनाको लागि तराइमा झर्छन् । यसो गर्न लागेको वर्षौँ भयो ।
जुम्लाको इतिहास सँगै त्यहाँको मौसम त्यहाँका नागरिकहरूको अवस्थाका बारेमा खुट्केले प्रस्ट पार्ने गर्दछन् । घरघरमा पुगेर गफिँदै आफूले बिक्रीको लागि ल्याएका जडीबुटी बिक्री गर्दछन् । उनको हँसिलो ,मिजासिलो बोलीले ग्राहरुको एक पटक बिचार गरौँ भनेर पनि खरिद गर्दछन् । खुट्के वर्षमा दुई पटक जुम्ला पुग्छन् । त्यहाँ उनले विभिन्न प्रकारका जडीबुटीहरू सङ्कलन गर्दछन् र त्यसपछि दुई महिनाको लागि तराइमा झर्छन् । यसो गर्न लागेको वर्षौँ भयो । खेतीपाती स्याहार्न लगाएर तराइ आउँछन् र पाक्ने बेलामा पुनः फर्किछन् ।


खुट्केले धान रोपेर अहिले कपिलवस्तुको कृष्णनगर आसपास आएका छन् । नेपाल सँगै भारतमा समेत व्यापार गर्न पाउने भएकोले उनी सीमा क्षेत्रमा आएका हुन । नेपालीहरूले भन्दा भारतीयहरूले बढि जडीबुटी माग गर्ने गरेको उनले बताउँछन् । उनी असारमा धान रोपेर साउनमा तराई झरे । अब साउन र भदौ यतै बस्छन् ।असोज तिर फर्किएर पुसमा फेरी व्यापारको लागि तराई आउँछन् । वर्षमा चार महिना उनले व्यापार गर्छन् । उनी मात्र होइन उनी जस्ता धेरै जनाले यसै गरेर परिवार पालेका छन् ।
जुम्लामा जन्मिएका खट्के अहिले ५५ वर्षका पुगे । उनी अहिले सुर्खेतमा बसाइसरेका छन् । जाडो मौसम जुम्लामा बस्न समस्या भएपछि केही वर्ष पछि सुर्खेत झरेको बताउँछन् । ‘सुरु सुरुमा परिवार पाल्नको लागि जडीबुटी बेच्न सुरु गरेको हु,अहिले वर्षमा दुई पटक तराई आउँछु, उनी भन्छन्, ‘एक पटक आउँदा २ लाख जति कमाइ हुने गर्दछ, ।’
तराईमा व्यापार गर्न आउँदा अहिले उनका परिवार भने सन्तुष्ट छैनन् । उनका जेठो छोरा प्रहरीमा जागिर खाएका छन । बुहारीले वडा कार्यालयमा काम गर्छिन्,कान्छो छोराले अटो चलाउँछन् । परिवारले अब यो दुख गर्न नहुने भने पनि उनी भने दुईचार पैसा होला भनेर व्यापार गरेको बताउँछन् । ‘अहिले खेतीपाती छैन घरमा बस्नुभन्दा दुईचार पैसा होला भनेर यहाँ आएका हु, खट्के भन्छन् ‘मान्छेलाई जति भए पनि पुग्दैन पहिला दुख पाएर व्यापार गरे, अहिले परिवारले नजाऊँ भन्दा पनि आउँछु, । उनले विरेनुन–हजम फिटकीरी ,यार्सागुम्बा, केशर (शरीरमा शक्ति बढाउने), शिलाजित (बाथ रोग निको पार्ने), जडीबुटीको तेलहरू (पिनास र बाथ रोग आदिको लागि) आदि बेचिरहेका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma