Developed By Kuldeep Sharma

९ महिना अगाडि

कपिलवस्तु शिवराजमा प्रदेशस्तरिय निर्माण सामाग्री प्रयोगशाला

दिपक के.सी.
कपिलवस्तु साउन २९
लुम्बिनी प्रदेश सरकार भौतिक पूर्वाधर मन्त्रालय अन्तर्गत कपिलवस्तुमा प्रदेश स्तरि निर्माण सामाग्री प्रयोगशाला निर्माणको क्रममा रहेको छ । प्रदेशमा नै एक मात्रै निर्माण सामाग्री प्रयोगशाला जिल्लाको शिवराज नगरपालिका वडा नं. १ मा निर्माण भइरहेको छ ।
निर्माण सम्बन्धि सामाग्रीहरुको गुण स्तर जाँचका लागी प्रदेश स्तर कै प्रयोगशालाको निर्माण कार्य करिब ६० प्रतिशत सम्पन्न भइसकेको निर्माण कम्पनी सगुन कन्ट्रक्शनका इन्जिनियर निसान्त मण्डलले बताए । जग्गा प्राप्तीमा आठ महिना ढिला हुदाँ निश्चित समय भन्दा आठ महिना पछि कार्यादेश प्राप्त हुदाँ यसै आर्थिक बर्षभित्र निर्माण सम्पन्न हुने उनले बताए ।
निर्माणमा प्रयोग हुने छड,सिमेन्ट, इटा लगायतका अन्य सामाग्रीहरुको गुणस्तर चेकजाँच गर्न भैरहवामा रहेको प्राइभेट प्रयोगशाला (इन्जिनियरिङ्ग कलेजमा) लैजानु पर्ने बाध्यता प्रयोगशाला निर्माण संगै हट्ने लुम्बिनी प्रदेशसभा सदस्य अर्जुन के.सी.ले बताए । प्रदेश स्तरकै पहिलो प्रयोगशाला निर्माण र संचालनमा आए पछि प्रदेशका सबै जिल्लालाई सहज हुने उनले बताए । भौतिक पूर्वाधार विकास मन्त्रालयको आ.ब.०७७÷०७८ को योजना अनुसार मू.अ.क. सहित रु. १८ करोड रहेको मा मु.अ.क. सहित १२ करोडमा प्रयोगशाला निर्माण हुन लागेको प्रदेश सभा सदस्य के.सी.ले बताए ।
कपिलवस्तु क्षेत्र नं. ३ (१) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका के.सी.कै पहलमा शिवराज नगरपालिकामा निर्माणाधीन अवस्थामा रिफ्रेस सेन्टर , निर्माणको प्रक्रियामा प्रदेश कै ठूलो सरुवा रोग अस्पताल छन भने यस आर्थिक बर्षको सुरुमा नै ५ करोड लागतमा बनकसबास बलुहवा सिचाई योजनाको ठेक्का भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma