

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटामा डेंगु, आँखा पाक्ने रोग नियन्त्रण रोकथामका लागी बृह्त सरसफाइ अभियान तथा र्याली निकालिएको छ । आइतबार सरसफाइ तथा डेंगु र आँखा पाक्ने रोग नियन्त्रणका विभिन्न प्ले कार्ड र व्यानर सहितको र्याली चन्द्रौटा बजार परिक्रमा गरेको हो ।

शिवराज नगरपालिका वडा नं. ५ को कार्यालय र आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाको आयोजनामा कार्यक्रम गरिएको हो । डेंगु रोग नियन्त्रणका लागी लामखुट्टेको बासस्थान खौजौ र नष्ट गरौं,भन्ने नारा सहित सचेतना कार्यक्रम र सरसफाई गरिएको वडा नं. ५ का वडा अध्यक्ष नेत्र बेल्वासेले बताउनु भयो । सरसफाइमा ध्यान दिए र पानी जम्ने खाल्डाहरु हटाइ लामखुट्टेको बासस्थान नष्ट गर्न सके डेगुं रोग नियन्त्रण गर्न सकिने उहाँले बताउनु भयो । वडाले विद्यालयहरुमा समेत सरसफाइ अभियान र डेगुं आँखा पाक्ने रोगहरुबाट बच्न अभियान संचालन गरेको बताउनु भयो ।

चन्द्रौटा बजार परिक्रममा गरि आधारभूत स्वास्थ्य सेवा अस्पतालको प्राङ्गणमा समापन भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख शिवकुमारी थारुले सरसफाइमा ध्यान दिए डेगुं र आँखा पाक्ने रोगहरुबाट बच्न सकिने बताउनु भयो । डेंगु नियन्त्रण यसबाट बच्न सरसफाइको अभियानलाई गाउँघर सम्म लैजाने र सबै नागरिकलाई सचेत गराउने अभियानमा नगरपालिका लागेको नगर प्रमुख अजय थापाले बताउनु भयो । कार्यक्रममा चन्द्रौटा उद्योग बाणिज्य संघ, व्यापार संघ कपिलवस्तु , राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तु, चन्द्रौटा खानेपानी संस्थान,राष्ट्रिय माध्यमिक विद्यालय, सनराइज बोडिङ्ग स्कुल, आवरमदरल्याण्ड एकेडेमी, फफुरी बोडिङ्ग, नेपाल प्रहरी , ससस्त्र प्रहरी, स्वास्थ्यकर्मि, स्वास्थ्य स्वयमसेविका लगायत स्थानियहरुको समेत सहभागिता रहेको थियो ।


प्रतिक्रिया