कपिलवस्तु -रमुवादहमा जारी छैटौं साईनिङ्ग स्टार कपमा आईतवार पनि तीन खेल समपन्न भएको छ ।
पहिलो खेल नमुना ज्योति युवा क्लब हल्लानगर र भगीरामपुर बिजयनगरको बिच भएको थियो ।उक्त खेलमा पेनाल्टीमा ४ को विरुद्ध ५ गोल गरेर नमुना ज्योति हल्लनगर बिजयी भएको छ ।निर्धारित समयमा दुवै टिमले १ गोलको बराबरी खेले पछि खेल पेनाल्टीमा पुगेको थियो ।
दोस्रो खेल महिला तर्फ आयोजक र स्पोर्टिङ तुरुन्तपुर बिच भएको थियो ।उक्त खेलमा ० को विरुद्ध १ गोल गरेर स्पोर्टिङ तुरुन्तपुर फाईनल प्रवेश गरेको छ ।पहिलो हाफ देखि नै पुर्ण दबाब बनाएको आयोजकले दोस्रो हाफको सानो गल्ती गर्दा भएको १ गोल नै निर्णायक गोल बन्न पुग्यो ।
निर्धारित समयको धेरै समय दबाब बनाएको आयोजक स्कोर गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ ।
अन्तिम खेल ५ न बाहिनी शसस्त्र प्रहरी र ग्रीन भिजन बनकट्टाको बिच भएको थियोे अन्तिम खेलमा १ को विरुद्ध ३ गोल गर्दै ग्रीन भिजन सुपर आठमा प्रवेश गरेको छ निकै प्रतिस्पर्धा भएको खेलमा निर्धारित समयमा दुवै टिमले स्कोर गर्न नसके पछि पेनाल्टीमा पुगेको हो।
।
१८ गते पहिलो खेल महिला तर्फ सुर्यमुखी युवा क्लब बिजगौरी र राईजिङ्ग स्टार युवा क्लब चन्द्रौटाको बिच १० बजे दोस्रो खेल सुर्यमुखी युवा क्लब बिजगौरी र सुनौलो बिहानी युवा क्लब बिजयनगरको बिच १:००बजे र अन्तिम खेल आयोजक बि र ज्ञ्यानज्योती उमरी बिच हुने आयोजकले जानकारी दिएको छ ।
प्रतिक्रिया