कपिलवस्तु -रमुवादहमा जारी छैटौं साईनिङ्ग स्टार कपमा सोमबार पनि तीन खेल समपन्न भएको छ ।
पहिलो खेल सुर्यमुखी युवा क्लब बिजगौरी र राईजिङ्ग स्टार युवा क्लब चन्द्रौटाको बीच महिला तर्फको प्रतियोगिता भएको थियो । उक्त खेलमा ० को विरुद्ध १ गोल गरेर सुर्यमुखी युवा क्लब महिला टिम फाईनलमा प्रवेश गरेको छ ।निर्धारित समयको पहिलो हाफमा सुर्यमुखीका जर्सी न १० ले गरेको गोल नै प्रतियोगिताको निर्णायक गोल बनेको हो । यो हार पछी राईजिङ्ग स्टार प्रतियोगिताको उपाधि होड्बाट बाहिरीएको छ।
दोस्रो खेल पुरुष तर्फ सुर्यमुखी युवा क्लब र सुनौलो बिहानी युवा क्लब बिच भएको थियो ।उक्त खेलमा ० को विरुद्ध २ गोल गरेर सुर्यमुखी सुपर आठमा प्रवेश गरेको छ ।पहिलो हाफमा बराबरी खेलेको सुनौलो बिहानी दोस्रो हाफमा २ गोल खाए पछि प्रतियोगिताबाट बाहिरीएको छ ।
अन्तिम खेल आयोजक बि र ज्ञ्यानज्योति बिच भएको थियोे अन्तिम खेलमा ० को विरुद्ध १ गोल आयोजक अन्तिम आठमा प्रवेश गरेको छ निकै प्रतिस्पर्धा भएको खेलमा निर्धारित समयको पहिलो हाफमा भएको पहिलो गोल नै निर्णायक बनेको हो ।
।
१९ दुई खेल मात्र हुनेछ पहिलो खेल गोल्डेन स्टार युवा क्लब बनियाभार र ग्रीन भिजन बनकट्टा र अन्तिम खेल आयोजक ए र नमुना ज्योति हल्लानगर बि बिच हुने आयोजकले जानकारी दिएको छ
प्रतिक्रिया