Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

साईनिङ्ग स्टार कपमा आयोजक र ग्रीन भिजन सेमिफाइनलमा ।।

कपिलवस्तु -रमुवादहमा जारी छैटौं साईनिङ्ग स्टार कपमा आज मंगलबार दुई खेल समपन्न भएको छ ।
पहिलो खेल ग्रीन भिजन युवा क्लब र गोल्डेन स्टार युवा क्लब बनियाभार बीच भएको थियो । उक्त खेलमा पेनाल्टीमा २ को विरुद्ध ३ गोल गरेर ग्रीन भिजन बनकट्टा सेमिफाईनलमा प्रवेश गरेको छ ।
निर्धारित समयमा दुवै टिमले गोल गर्न नसके पछि खेल पेनाल्टीमा पुगेको हो ।
दोस्रो खेल आयोजक साईनिङ्ग स्टार र नमुना ज्योति हल्लानगर बिच भएको थियो ।उक्त खेलमा ० को विरुद्ध २ गोल गरेर आयोजक सेमिफाइनल प्रवेश गरेको छ ।पहिलो हाफमा बराबरी खेलेको आयोजकले दोस्रो हाफमा पेनाल्टी मार्फत अग्रता लिएको थियोे कडा प्रतिस्पर्धा भएको प्रतिस्पर्धामा खेलको अन्तिम समयमा गोल किपरको गल्ती गोल भए पछी २ गोलले पछी पर्दै नमुनाज्योती प्रतियोगिताबाट बाहिरीएकाे हाे।

२०गते दुई खेल मात्र हुनेछ पहिलो खेल सुर्यमुखी युवा क्लब बिजगौरी र शिवगढी स्पोर्टिङ तुरुन्तपुर र अन्तिम खेल आयोजक बि र चमरबोझिया बिच हुने आयोजकले जानकारी दिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma