कपिलवस्तु -रमुवादहमा जारी छैटौं साईनिङ्ग स्टार कपको फाईनलमा ग्रीन भिजन बनकट्टा र चमरबोझिया युवा क्लब पुगेको छ । शुक्रबार साईनिङ्ग स्टारको मैदानमा भएको सेमिफाइनलमा ग्रीन भिजनले शिवगढी स्पोर्टिङ तुरुन्तपुरलाई पेनाल्टीमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो यस्तै गरि चमरबोझियाले आयोजक साईनिङ्ग स्टारलाई ० को विरुद्ध ४ गोल गर्दै फाईनलमा ग्रीन भिजनसंगको भेट पक्का गरेको हो ।
२३ गते शनिबार पुरुष तर्फ ग्रीन भिजन बनकट्टा र चमरबोझिया युवा क्लब बिच महिला तर्फ सुर्यमुखी युवा क्लब बिजगौरी र शिवगढी स्पोर्टिङ तुरुन्तपुरको बिच हुने छ ।तृतीय स्थानको लागि आयोजक साईनिङ्ग स्टार र शिवगढी स्पोर्टिङ बिच हुनेछ।
प्रतियोगिताका बिजेताले नगद ३० हजार साईनिङ्ग स्टार कप मेडल र प्रमाणपत्र,उपबिजेताले नगद २० हजार साईनिङ्ग स्टार कप मेडल प्रमाणपत्र,सान्त्वनाले नगद १० हजार साईनिङ्ग स्टार कप मेडल र प्रमाणपत्र पाउनेछन् ।
महिला तर्फको बिजेताले नगद १० हजार साईनिङ्ग स्टार कप मेडल प्रमाणपत्र र उपबिजेताले नगद सहित विभिन्न पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतिक्रिया