Developed By Kuldeep Sharma

४ महिना अगाडि

प्रथम वडा अध्यक्ष कप समपन्न २ सय भन्दा धेरैले प्रतिस्पर्धा गरे ।

कपिलवस्तु -प्रथम वडा अध्यक्ष कप समपन्न भएको छ । शनिबार बुद्धशक्ति कराते डोजोको निर्माणधिन भवन शिवगढीमा बिहान ७ बजे बाट शुरु भएको शिवराज नगरपालिका वडा न ९ को प्रथम वडा अध्यक्ष कपमा २ सय भन्दा धेरै कराते खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।
बदलिँदो समय संगै धेरैले खानपिन र स्वास्थ्य प्रति गम्भीर नबन्दा उमेरमै विभिन्न किसिमका रोगहरु देखिन थालेको भन्दै स्वस्थ जनशक्ति उत्पादनमा टेवा पुग्ने उदेश्यका साथ प्रथम वडा अध्यक्ष कपको आयोजना गरिएको हो ।
दैनिक शारीरिक अभ्यास र खेलकुदले दक्ष जनशक्ति उत्पादन र युवाहरूलाई गलत बाटो तर्फ लाग्न समेत रोक्ने आयोजकको दाबी छ । प्रतिस्पर्धामा सहभागीहरुको र्‍यालीले तुरुन्तपुर परिक्रमा गरि निर्माणाधीन कवर्ड हलमा पुगी प्रतिस्पर्धामा सहभागी भएका थिए । प्रतिस्पर्धामा सहभागी भई बिजयी हुने प्रतिस्पर्धि खेलाडीहरुलाई मेडल र सम्मानपत्रले सम्मान गरिएको  थियो ।
प्रमुख अतिथि नगरप्रमुख अजय थापा बिशिस्ट नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विष्णु बेल्बासे,ब्यापार संघका अध्यक्ष महादेव पोख्रेल , लगायतले सम्बोधन गर्नु भएको कार्यक्रमको अध्यक्षता रामगोपाल चौधरी र पौडेलको संचालनमा समपन्न भएको हो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma