Developed By Kuldeep Sharma

७ महिना अगाडि

परदेशीको दशैं घरदेशलाई सम्झेरै बित्छ

शंकर पौडेल कपिलवस्तु ।
भित्तामा झुण्डिएको भित्ते पात्रोमा विहानीको निद खुल्ने बित्तिकै पहिलो नजर पर्यो । पिरो र अनिदो आँखा मिच्दै तिथिमिति हेर्दा पो थाहा पाएँ आज त बडा दशैं पो त ! वडा दशैंको महाअष्टमीको दिन । मन त यती खुशी भयो कि खुशीको सीमा नै रहेन । विस्ताराबाट उठेर शरीर तन्काउँदा हात भित्तामा बज्रिँदा याद आयो कि परदेशी भूमि, कर्मभूमिको बास अनि त्यही भूमिको कोठा हो यो भनेर । हामी परदेशीलाइ के दशैं के तिहार भन्ने कुरा दिमागमा आइहाल्यो र केहीवेर अगाडि हर्ष र खुशीले गदगदाएको मन एक्कासी दुखित हुन पुग्यो । दुखित नहोस पनि कसरी ? गाउँघर, जन्मेको देश छोडेर परदेश लागेको पनि यतिका वर्ष भैसकेको छ । सम्पूर्ण चाडवाड, वडादशैं अव विस्तारै मन र मस्तिष्कमा कथा बन्दै गइरहेका छन् । हुनतः परदेशमै भएपनि समय परिस्थितिले साथ दिंदा दशैंतिहार, माघे सक्रान्ति, पुसेपन्ध्र, तिजजस्ता चाडवाडहरू नमनाएको भने होइन तर जुन मज्जा, रमाइलो र आनन्द आफ्नै गाउँघर, परिवार, साथीभाइ र इष्टमित्रहरूसँग आफ्नै देशमा मनाउँदा आउँछ त्यो मज्जा यो परदेशमा नआउँदो रहेछ ।

गरिबी, अभाव र बेरोजगारीको कारणले घर छोडेर बिदेशीनु पर्ने हामी नेपाली को तितो यथार्थ जुन छ यसलाई हामी नेपालीको बिडम्वना नै भन्नु पर्दछ ।
स्वदेशमा रोजगारीको अबसर नपाए पछी रोजिरोटिको खोजिमा सुनौलो सपना बुन्दै खाडिको तातो घाममा तप तप पसिना चुहाउन बाध्य भएका छौ हामी नेपाली ।
राजनीतिक अस्थिरता ,लामो समय सम्म को द्वन्द र राज्यको मुखदर्सक्ताले आज हामीलाई घर परिवार छोडेर बिदेशीन बाध्य पारेको छ यो यथार्थ हो ।
चाहेर होस या नचाहेरै आफू र आफ्नो परिवारको दैनिकी गुजरा चलाउन अनि सन्तानको सुन्दर भबिस्य बनाउन भनी आज लाखौ युवा युवती आफ्नो उमेर र जवानी बिदेशी भुमिमा बेच्न बाध्य भयका छौ । हो, आज अरबको मरुभूमि हरियाली बनाउदै छौ हामी तर दुस्खद कुरा त हाम्रो आफ्नै उर्बर भुमीमा चाही सुख्खा लगेको छ आज वर्षा याममा पनि चैत को खडेरी जस्तै सुख्खा ।
मनका हजारौं रहर चाहाना र आकाक्षा लाई मारेर आफ्नो मौलिकता ,सस्कति ,चाडपर्व अनि रितिरिवाज लाई समेत चाहेर पनि मान्न अनि रमाउन नपाउनु साच्चै यहाँ भन्दा ठुलो बिडम्बना के रहला हामी नेपाली को लागि …?
सुख ,दुःख जे जस्तै भए नी आफ्ना परिवार सङ साटासाट गर्दै मीठो नमिठो सगैं बसेर खाने ,पारिवारिक भेटघाट गर्न अनि रम्ने र रमाउने दिन साच्चै कहिले आउला सम्पुर्ण नेपाली को …?

यतिखेर नेपाली हिन्दु धर्मावलम्बी हरुको सबैभन्दा ठुलो चाड बडा दसै स्वदेशमा भित्री सकेको छ । मान्यजन को आशीर्वाद लिदै रातो टीका प्रसाद अनि जमरा लगाइ हासो खुशी बाढ्ने दिन को रौनक छाहिरहदा बिदेशी भुमिमा बाध्यता बस गुलाम बन्न पुगेका हामी जस्ता लाखौ नेपाली को भने उही दिनचर्या उही काम उही अवस्था ।
हाम्रा लागि दसै आयो त केबल सामाजिक संजालमा अनि समाचारमा र पात्रोमा आयो । न कम्पनीको छुट्टि न साथिभाइ स‘ग को रमाइलो ,न सेल रोटी ,न लिङ्गे पिङ, न निधारमा टीका हाम्रो न कानमा जमरा ,न बुबा आमाको आशीर्वाद उहीँ काम, उहीँ तनाव, उहीँ एक्लो पन बिगत सम्झेर टोलाउनु अनि तिनै बिगतका तस्वीर हेरेर मन बुझाउनु को कुनै विकल्प रहेन य‘हँ ।
बिरानो देश ,अनौठो भासा सस्कृति ,छुट्टै रहन सहन कस्ले बुझिदिने हाम्रो मर्म ..? बिहानै उठ्यो काचो होस या कचिलो पाकेको होस या काक्चै होस दुई गाँस टपक्क टिप्यो अनि लाग्यो फेरी त्यहिकाममा । दिन भरि कामामा मालिक को गाली कामको चाप र थकान शरीर लियर साझ लखतरान भयर कोठामा फर्क्यो अनि फेरी आफैले केहि बनायो मन नमान्दा नमान्दै दुई गाँस खायो अनि पल्टियो त्यही बिस्तारामा ।
निन्द्रा त कहा आउछ र सुते पनि बिगतको याद ले सताइ रहन्छ यो रमझम ती साथीसङ्गी ती नातेदार र आफन्तको सम्झनाले कोल्टे फर्दै उज्यालो भएको पत्तै हुदैन साच्चै ती दिनहरु बिछोडको पिडामा सम्झी रहदा कुन चै परदेसिको मन थिर मा रहला र ?
युद्ध मैदानमा होमिएको सिपाही झै नथाकिकन निरन्तर संघर्ष गर्नुपर्ने अनि अनेकौ सपना लाई बुन्दै अहोरात्र गुलामि गर्नुपर्ने हामी तमाम बिदेशीयका नेपाली को कथा ब्यथ एउटै रहेको छ भलै पात्र फरक रहलान ।स्वदेशमा चाडपर्व को रौनक बढ्दै जादा हामी खाडीमा गाडियका नेपालीको मन भने साच्चै छियाछिया भयको छ ।
अनि जतिसुकै पीडा र दुख भयनी हासी हासी घर देशमा रहेका आफन्त लाई भन्नै पर्न रहेछ यहाँ सबै राम्रो छ मेरो केहि चिन्ता लिनु पर्दैन राम्रो सङ चाडपर्व मनाउनु तर कठै यहाँ तप्प तप्प पसिना सङ्गै चुहियर बगेका आँसु त कस्ले देख्छ र जुन खस्न नपाइ बालुवामा बिलाइ सकेको हुन्छ ।
हो त्यसैले हामी बिदेशी भुमिमा गुलाम बन्न आयका लाखौ लाख नेपाली हरुका लागि दसै तिहार जस्ता महान पर्व केबल सम्झना मै सिमित बनेका छन् ।

हालः दोहा कतार सनैया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma