कपिलवस्तु- २३ औ सुर्यमुखी कप २०८० शुरु भएको छ । सोमबार सुर्यमुखीको खेल मैदान पर्तापुरमा प्रदेश खेलकुद परिषद सचीव जय प्रसाद भट्टराईले रेफ्रीलाई फुटबल हस्तान्तरण गर्दै प्रतियोगिताको उट्घाटन गर्नु भएको हो । ।”बिकास र परिवर्तनको लागि युवा अघि सरौ खेल संग संगै शिवगढीलाई पर्यटकिय स्थलको रुपमा बिकास गरौं भन्ने मुल नारा सहित सुर्यमुखी युवा क्लबले यस प्रतियोगितालाई बिगत लामो समय देखि निरन्तरता दिदै आएको छ ।
प्रतियोगिताको माध्यमबाट पर्यटकिय तथा धार्मिक स्थल शिवगढी मन्दिर ऐतिहासिक शिवगढी किल्ला, कृष्ण मन्दिरको प्रचारप्रसार समेत जोड दिदै आएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश खेल परिषद सचीव जय प्रसाद भट्टराईले यो बर्ष समयमा सूचना नहुदा आशा गरे अनुसार सहयोग गर्न नसक्ने बताउनु भयो तर आगामी बर्ष समयमै परिषदमा सूचना भए सुर्यमुखी कपलाई निराश नबनाउने सचीव भट्टराईले बानाई छ ।उहाले वडा र नगरको पनि यस आयोजना प्रति विशेष ध्यानाकर्षण समेत गराउनु भयो । लामो ईतिहास भएर पनि संरचनागत रुपमा पछि परेको यो खेल मैदान प्रदेशको प्राथमिकतामा रहने उहाको भनाइ छ ।
छोटो समयमै राम्रो परिचय बनाउन सफल युवा समाजसेवी मिर्जा रासिद बेगले लामो ईतिहास बोकेका सुर्यमुखी कपको संरचनागत बिकाशमा आफु लाग्ने र हातेमालो गर्न वडा नगर र प्रदेशलाई अपिल समेत गर्नु भयो ।सबै ले सहयोग गरे अहिलेलाई आधरभुत संरचना तयार गर्न सकिने उहाले बताउनु भयो ।
उट्घाट्न कार्यक्रममा रिपोर्टस क्लबका लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्री ,बरिस्ठ पत्रकार महेन्द्र थापा ,लुम्बिनी प्रदेश पौडी संघका अध्यक्ष टेक बहादुर थापा ,वडा अध्यक्ष रामगोपाल थारु लगायत स्थानीय राजनीतिक दलको प्रतिनिधि ,समाजसेवी ,सस्थाका प्रतिनिधि ,सुरक्षाकर्मी, लगायतका उपस्थितिमा सम्पन्न भएको हो ।
प्रतियोगिता १०दिन सम्म चल्ने आयोजकले जानकारी दिएको छ प्रतियोगिताको बिजेताले ५५ हजार ५ सय ५० उपबिजेताले २७ हजार ५ सय ५० पाउने छ र महिलातर्फको बिजेताले २० हजार उपबिजेताले १० हजार पाउने आयोजकले जानकारी दिएको छ ।उट्धाट्न खेल आयोजक र साईनिङ्ग स्टार युवा क्लब बिच मैत्रीपुर्ण खेल भएको थियो उत्त खेलमा १ का विरुद्ध २ गोल गरेर आयोजक बिजयी भएको छ भोलि मंगलबार देखि नियमित ३ खेल हुने आयोजकले जानकारी दिएको छ ।
प्रतिक्रिया