Developed By Kuldeep Sharma

३ महिना अगाडि

शिवशक्ती र नवसृजनशिल सुर्यमुखी कपको फाईनलमा ।।

कपिलवस्तु -शिवशक्ती युवा क्लब शिवपुर र नवसृजनशिल युवा क्लब भगवानपुर सुर्यमुखी कपको फाईनल प्रवेश गरेका छन ।
बिहीबार सुर्यमुखी युवा क्लबको खेल मैदान पर्तापुरमा शिवशक्ती युवा क्लबले ग्रीन भिजन बनकट्टालाई पराजित गर्दै र नवसृजनशिल युवा क्लब भगवानले अन्चललपुरलाई पराजित गर्दै सुर्यमुखी कपको लागि फाईनल भेट पक्का गरेका हुन ।

पहिलो सेमिफाइनलमा अञ्चलपुरलाई ० को विरुद्ध २ गोल गर्दै भगवानपुर फाईनल प्रवेश गरेको हो दोस्रो सेमिफाइनल निकै कडा प्रतिस्पर्धाका बिच ० को विरुद्ध १ गोल गरेर शिवशक्तिले नवसृजनशिलसंगको फाईनल भेट पक्का गरेको हो शिवशक्तिले निर्धारित समयको पहिलो हाफमा पाएकाे अवसरको सदुपयोग गर्दै बनाएको अग्रता नै निर्णायक बन्न पुग्यो ।
उपाधिको लागि भोलि शुक्रवार १ बजे शिवशक्ती र नवसृनशिलले प्रतिस्पर्धा गर्नेछन् ११ बजे महिला तर्फको उपाधिका लागि सुर्यमुखी र स्पोर्टिङले प्रतिस्पर्धा गर्नेछ र ९ बजे तृतीय स्थानका लागि ग्रीन भिजन र अञ्चलपुरले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दिएको छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma