Developed By Kuldeep Sharma

२ हप्ता अगाडि

थुनिया गाउँका वालवालिकामा कुपोषण

कपिलवस्तुको शिवराज नगरपालिका ११ थुन्निहवाका बालवालिकाहरुलाई कुपोषणको संक्रमण देखिएको छ । कालिका स्वालम्बन सामाजिक सस्थाले १ सय २३ जना वालबालिका जाँच गर्दा तीन जनामा सक्रमण देखीएको जनाएको छ । मिड अपर आर्म सर्कमफ्रेन्स मापन गर्दा दुई जनामा पहेलो कार्ड र एक जनामा रातो कार्ड श्रेणीमा परेका छन् । रातो उच्च जोखिम र पहिलो जोखिमको रुपमा मान्ने गरिन्छ । संक्रमण भएका वालवालिका २ वर्ष भन्दा कम उमेरका हुन ।
यसरी गाउँमा कुपोषण फैलिएपछि गाउँले त्रासित भएका छन् । विश्व स्वास्थ्य सङ्गठनको अध्ययनका अनुसार विश्वमा प्रत्येक १२ जनामध्ये एक बालबालिकालार्ई शीघ्र कुपोषण हुने गरेकामा एक जनाले मात्र उपचार पाउने गरेका छन् । नेपालका मध्यपहाडी तथा तराईका जिल्ला मुख्य गरी कुपोषण र त्यसपछि कडा खालको कुपोषणबाट प्रभावित छन् । बालबालिकामा निमोनिया, झाडापखाला, रुघाखोकीलगायत समस्या कुपोषणका कारणले हुन सक्छ ।
अन्य बच्चाको तुलनामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुनु, कमजोर हुँदै जानु, पुड्कोपनको समस्या र वृद्धि विकासमा कमी आउनु जस्ता समस्या भएमा शीघ्रकुपोषण भएको हुन सक्ने चिकित्सकको भनाइ छ । विभिन्न सर्भेक्षणका अनुसार स्वस्थ्य बच्चाको तुलनामा मध्य शीघ्रकुपोषण बच्चामा तीन गुणा र कडा शीघ्र कुषोषण भएको बच्चामा नौ गुणा बढी मृत्युको सम्भावना रहने चिकित्सकहरुको भनाई रहेको छ ।
कपिलवस्तुको थुनिहामा मात्र नभई अन्य ठाउमा पनि कुपोषणको समस्या देखिएको छ । अविभावकमा चेतना अभावका कारण जिल्लाका ग्रामीण क्षेत्रका बालबालिकाहरू कुपोषणको मारमा परेका छन् । अविभावकले जन्मान्तरमा ध्यान नदिई बढी सन्तान जन्माउनु र उनीहरूले खाने पोसिलो खानपानमा ध्यान नदिनु र खाना नै नपाउनुको कारण बालबालिका कुपोषणको मारमा पर्ने गरेका छन् । परिवार नियोजनको भरपर्दाे सेवा नहुनुका साथै जनचेतनाको अभावले पनि बालबालिका कुपोषणको मारमा पर्ने गरेको स्थानीय स्वास्थ्यकर्मीहरूको ठम्याइ रहेको छ । स्थानीय सरकारले समेत प्रभावकारी योजना बनाउन नसक्दा यसको समस्या बढदै रहेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma