Developed By Kuldeep Sharma

१ महिना अगाडि

कपिलवस्तुमा पहिलो पटक ‘कपिलवस्तु प्रीमियम कप’हुँदै

कपिलवस्तुमा पहिलो पटक ‘कपिलवस्तु प्रीमियम कप’ क्रिकेट प्रतियोगिता हुने भएको छ। युवा अमन सामाजिक विकास केन्द्र, अर्श चेरिटेबल फाउन्डेसन, र इन्डो नेपाल सामाजिक मञ्चको संयुक्त आयोजनामा माघ १२ गतेदेखि कपिलवस्तुको जवभारी खेल मैदानमा प्रतियोगिता सुरु हुनेछ। आयोजक समितिका संयोजक रहिस शाहका अनुसार प्रतियोगितालाई वृहत र व्यवस्थित बनाउन तयारी तीव्र गतिमा भइरहेको छ। खेल कपिलवस्तुको गरिमालाइ उच्च बनाउने अपेक्षा छ शाहले भने हामी निरन्तर तयारीमा छौ ।

पछिल्लो समय खेलकुदप्रति युवाहरूको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै जिल्ला स्तरीय यस प्रतियोगिताको आयोजना गरिएको शाहको भनाइ छ। प्रतियोगिताको विजेता टोलीले रु. १ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले रु. ५१ हजार नगद पुरस्कार जित्नेछ। साथै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द सिरिज’ विशेष पुरस्कार प्रदान गरिने आयोजक समितिका सदस्य र अतिथि सत्कार उपसमितिका संयोजक मिर्जा रसिद बेगले जानकारी दिनुभएको छ।

प्रतियोगितामा नेपाली खेलाडीहरूलाई मात्र समावेश गरिनेछ। यसले जिल्लाका प्रतिभाशाली क्रिकेट खेलाडीहरूलाई आफ्नो क्षमता देखाउने उत्कृष्ट मञ्च प्रदान गर्ने आयोजक समितिका सदस्य अक्रम पठानले बताउनुभयो । युवा अमन सामाजिक विकास केन्द्रका अध्यक्ष बदरे अलमका अनुसार प्रतियोगिता खेल क्षेत्रको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि महत्वपूर्ण कदम हुनेछ। कपिलवस्तुको खेलकुद विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको यस प्रतियोगिताले जिल्लाको खेलकुद क्षेत्रमा नयाँ जोश र ऊर्जा भर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma