कपिलवस्तुको शिवराज नगरपालिका–७ मा वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। बिहिवार एक कार्यक्रमबीच वडा अध्यक्ष अनुप कुमार चौधरीले पुरस्कार बितरण गर्दै प्रतियोगिता सम्पन्न भएको हो । खेलमा प्रथम हुने रुद्रपुर टिमलाई सम्मानका साथ पुरस्कार वितरण गरिएको हो ।
कार्यक्रममा वडा अध्यक्ष चौधरीले अनुशासन सहित खेलेर खेल सम्पन्न गरेकोमा धन्यवाद दिनुभयो । यस्ता प्रतियोगिताले युवालाई गलत बाटोबाट टाढा राख्दै खेलकुदतर्फ आकर्षित गर्ने विश्वास गरिएको छ। खेलसमापनमा स्थानिय जनप्रतिनिधि, खेलप्रेमी दर्शक, तथा सहभागी टिमका खेलाडीहरूको उत्साहजनक उपस्थिति थियो। खेलमा ३२ टिम सहभागी थिए ।
प्रतिक्रिया