Developed By Kuldeep Sharma

४ महिना अगाडि

सुर्यमुखी कपको फाईनलमा शिवशक्ति र शिवगढी स्पोर्टिङ ।।

कपिलवस्तु – शिवराज नगरपालिका अन्तर्गत वडा न ९ मा अवस्थित सुर्यमुखी युवा क्लबको २४ औ शृङ्खलाको सुर्यमुखी कपको फाईनल शिवशक्ति युवा क्लब कालोनि र शिवगढी स्पोर्टिङ तुरुन्तपुरले खेल्ने भएका छन ।

शिवगढीमा जारी नक आउट फुटबल प्रतियोगितामा सोमबार शिवशक्तिले नव सृजनशिल र शिवगढी स्पोर्टिङले जागृती रहत्कोललाई पराजित गर्दै फाईनलमा एक आपसमा भेट पक्का गरेका हुन ।

माघ २ गते उपाधीका लागि यि दुई टिम आमनेसामने हुनेछन् दुवै टिमले सुर्यमुखी कपको उपाधि तिन तिन पटक चुम्दै तेस्रो स्थानमा रहेकाछ्न ।पहिलो स्थानमा गोल्डेन स्टार रहेको छ जसले ७ पट्क उपाधी चुमेको छ दोस्रो स्थानमा आयोजक रहेको छ जसले ५ पटक उपाधी जितेकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma