Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

कास्केली शिवराज समाज गठन, अध्यक्षमा सुवेदी चयन

कपिलवस्तुको शिवराज नगरपालिकामा कास्कीबाट बसाइँ सरेर आएका नागरिकहरूको सहभागितामा ‘कास्केली शिवराज समाज’ गठन गरिएको छ। मंगलबार चन्द्रौटास्थित दुर्गा मन्दिरमा सम्पन्न भेलाले समाजको अध्यक्षमा शिवराज सुवेदीलाई चयन गरेको छ।

समाजको उपाध्यक्षमा कृष्ण पौडेल, सचिवमा नमराज न्यौपाने, सहसचिवमा कमलादेवी सुवेदी, कोषाध्यक्षमा लालबहादुर थापा चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा शषिधर सापकोटा, विजय सापकोटा, शिवराज ओझा र सम्सेर नेपाली रहेका छन्।

यसैगरी, भेलाले भवनराज पौडेलको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ। समाजले कास्केली समुदायबीच एकता कायम गर्दै सामाजिक तथा सांस्कृतिक गतिविधिमा योगदान दिने उद्देश्य राखेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma