Developed By Kuldeep Sharma

१ महिना अगाडि

चन्द्रौटामा १८ वर्षदेखि निरन्तर सराय जात्रा : सद्भाव र संस्कृतिको प्रतीक

कपिलवस्तुको चन्द्रौटामा विगत १८ वर्षदेखि निरन्तर रूपमा सराय जात्रा मनाइँदै आएको छ । तराइका जिल्लाहरूमा छिटफुट रूपमा मात्र यो पर्व मनाइए पनि चन्द्रौटामा यसको विशेष धार्मिक, सांस्कृतिक र सामाजिक महत्व रहेको छ ।
२०६४ सालमा चन्द्रौटामा भएको हिंसात्मक घटनालाई बिर्साउँदै आपसी सद्भाव र भाइचारा सुदृढ गर्न सुरु गरिएको यो जात्रा अहिले धार्मिक उत्सव र सांस्कृतिक सम्पदाको रुपमा स्थापित भइसकेको छ ।


यस वर्ष पनि पञ्चेबाजा, खुकुरी, तरबार र खुँडा नचाउँदै “वाखै हो” भन्दै सहभागीहरूले उत्साहपूर्वक सराय नाच प्रदर्शन गरेका थिए। शिवराज नगरपालिका–५ स्थित कणेश्वरी मन्दिरबाट सुरु गरिएको सराय जात्रा चन्द्रौटा बजार परिक्रमा गरी दुर्गा मन्दिरमा समापन गरिएको थियो।
दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्जुन पाण्डेले सराय जात्रा संस्कृतिको संरक्षण, प्रवद्र्धन र धार्मिक सद्भावको प्रतीक भएको बताए । स्थानीय महादेव पोख्रेलका अनुसार सराय जात्रा परम्परा, धर्म र सहिष्णुताको सन्देश दिने माध्यम बनेको दावी गरे ।

२०६४ सालमा सुरु गरिएको यो जात्राले आपसी भाइचाराको सम्बन्ध स्थापित गर्दै विजयादशमी पर्वलाई अझ उल्लासमय बनाएको स्थानीय बिष्णु खतिवडाको भनाइ छ । पछिल्लो समयमा अर्घाखाँची, गुल्मी लगायतका जिल्लाबाट बसाइँसराइ गरेर आएका परिवारहरूले पनि यो पर्वलाई ठूला उत्सवका रूपमा मनाउने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma